हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

साथी

सुषमा मानन्घर, (ललितपुर)

ऊ पहाडको टुप्पामा रहेको त्यो मन्दिरमा पुग्नलाई हिँडेको छ । ाडो उकालो र साँघुरो ढुंगे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूर्ति हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ । 
 
यात्रा थाल्दा ऊसँग सहयात्रीहरुका रुपमा एउटा निकै ूलो जमात थियो । कस्तै गाह्रो साह्रो परे पनि उनीहरुको साथमा आफ्नो क िन र लामो यात्रा सजिलै छिचोल्न सकिन्छ भन्ने आशामा ऊ हिँडिरहेछ । हिँड्दै जाँदा थाकेर, अल्मलिएर र अत्यास लागेर धेरैजनाले यात्राबाट वीचैमा उसको साथ छोडिसकेका छन् । निकै ूलो भीडको रुपमा रहेका सहयात्रीहरु घटेर दुइतीन जना मात्र बाँकी हुँदा पनि उसले देखिरहेको छ कि उनीहरुभन्दा अलि पर अलि दुब्लो देखिने एकजना निरन्तर उसँगसँगै हिँडिरहेको छ । हुँदाहुँदा अन्तमा उसँग हिँड्ने मात्र त्यही दुब्लो व्यक्ति रहन गयो । ऊ आफैले पनि यात्राको किचलो र क िनाईसँग आजित भएर निकैपल्ट यात्रा छोड्न खोजॆको थियो । "यहाँसम्म त पुगिनैसक्यौ फेरि हरेश किन खान्छौ ?  हेर कोही नहुँदा पनि म छु तिम्रो साथमा ।"  निराश भै अडिन खोज्दा साथमा आउने साथीले सम्झाउँथ्यो । ऊ बढ्यो, बढ्दै गयो ।

धेरै दुखः कष्ट आए , त्यो साथीले उसको साथ छाडेन र अन्तमा उसले टुप्पामा पुगिछाड्यो । अथाह शान्ति थियो त्यहाँ र ऊ कामनारहीत भैसकेको थियो । कृतज्ञ उसले फर्केर आफ्नो उत्साह बढाउने साथीसँग उसको परिचय माग्यो । "मलाई चिनेनौ ? म हुँ तिम्रो विश्वासिलो साथी, तिम्रो आत्मविस्वास ।" साथीले उसको काँध थप्थपाउँदै हाँस्दै जवाफ दियो ।  
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |