हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तोपकाजी

बिनोद खड्का, (हाल - दोहा कतार)

उसलाई टोलका अरु मान्छेहरुसंग निकै चित्त दुखेको थियो । उ जब बेरोजगार थियो जब उसका साथमा दूई पैसा हुदैन थियो कसैले पनि उसलाई एक कप चिया पनि ख्वाउदैनथे । उसलाई यस्तो पनि लाग्थ्यो कि उसका सही कुरा पनि कसैले सुन्दा पनि सुन्दैन थिए । राम्रै कामका लागी उधारो वा श्रृण मागे पनि मान्छेहरु उसलाई ग भन्दा हुन जस्तो लाग्थ्यो उसलाई । बाउले दिएको स्कुल फि र गाउलेको कुखुरा हाँस चोरेर जम्मा गरेको पैशाले जसोतसो अलिअलि पिउन र अलिअलि खेल्नलाई धान्थ्यो । 

अब समय त्यस्तो रहेन । अब उसको आफ्नै ूलै कम्पाउण्डभित्र विशाल घर खडा छ । आफ्ना र आगन्तुकका गरी दई चारवटा गाडी कम्पाउण्डमा खडा नै रहन्छन । अब उ लोकल र्रा पनि पिउदैन । मात्र विदेशी ह्विस्कीमा बनेलको मासुको सित्तन लगाउछ । नेताहरुको खर्च चलाईदिनु व्यापारीहरुलाई श्रृण बाड्नु उसको सामान्य दिनचर्या हो । यसपछि घरजग्गाको ओल्टाईपल्टाईको व्यापार त छदैछ । आखिर यही घरजग्गाको ओल्टाईपल्टाईले त उसलाई यति सम्पन्न बनाईदियो । आज उसलाई लाग्छ पुरा टोल उसको अगाडी झुकेको छ । आज उ पुरा टोलको मालिक भएको छ । उसलाई लाग्छ जब उसको गाडी टोल भएर अगाडी बढ्छ तब बुढाबुढीहरु सोच्दा हुन छोरो भनेको त यस्तो तोपकाजी जस्तो पैशावाल पो हुनु, आईमाईहरु सोच्दा हुन पोई भनेको त यस्तो तोपकाजी जस्तो पैशावाल पो हुनु, केटाकेटीहरु सोच्दा हुन बाउ भनेको त यस्तो तोपकाजी जस्तो पैशावाल पो हुनु ।

एकदिन उ यस्तै के के सोचेर घरको कौशीमा बसिरहेको थियो ।  एकजना तलतिरबाट आउँदै गरेको मान्छे उसको कम्पाउण्ड बाहिर खेलीरहेको आ नौ बर्षजतीको उसको छोरोसंग के के कुरा गरेर गयो । त्यो मान्छेले उसको विशालकाय घरलाई पटक पटक हेरेकोमा उसलाई भित्रभित्रै रमाईलो महशुस भयो । उसलाई त्यो मान्छे कतै चिनै झै पनि लाग्यो । त्यत्तिकैमा उसको सानो छोराले दौड्दै आएर भन्यो “डयाडी ! त्यो मान्छेले भन्यो यो घर त्यही तोपे दलालको होईन । बजियाले बाटाको छेउको जग्गा देखाएर भित्रको पारिदियो । यो दलाल भनेको के हो डयाडी ? अस्ती पनि तपाई मोटरमा जाँदा टोलका मान्छेहरुले 'तोपे दलाल गयो, तोपे दलाल गयो' भने । डयाडीको नाम दलाल हो त ? जो मान्छे पनि तपाईलाई तोपे दलालमात्रै भन्छन । डयाडीको नाम त ममीले भन्नेजस्तै तोपकाजी होईन र?”
 
उसले टोल छाड्ने विचार गर्यो ।

१९ फेव्रुअरी २००९

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |