हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रमुख अतिथी

शेखर ढुङेल, (सन फ्रांसिस्को)

नयाँ दलका नेता वर्षौंदेखीको आफ्नो विदेश भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि श्रीमतीलाई सुनाउदै थिए । विदेशमा एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न  मौखिक निम्ता पाएका थिए उनले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । सचिब बनी संगै जानेहरुको सुची बन्दै बिग्रने क्रमले तिब्रता पाएको छ । भ्रमण टोलीमा सम्मिलित हुन चाहनेहरु आफ्नो खुल्ला टेन्डर नेताको कानमा झोस्दै थिए । खाली खाली हुने नेताको भान्छा, को ामा मानिसहरुको भिड छ । भान्छामा सामानहरु छताछुल्ल देखिन्छ । आखिर यस्तो मौकामा खाली हात को पो आउदो हो ? नेता श्रीमती फोनमा आफु विदेश जान लागेको कुरो इस्ट मित्र लाई सुनाउदै ब्यस्त ।
 

उता पुरानो दलका नेताको पनि तयारी कम छैन । १५ बर्ष पहिले आफुले राजदुत हुँदा भान्छे बनाएर लगेको चेलो जो आयोजक समितीको प्रमुख नै बनेको छ । नेता श्रीमती आफन्त लाई सुनाउदै थिइन "हेर, डाडा घरे काइला बाजेको छोरोको भाग्य ? त्यत्रो सम्मेलनको आयोजक भएको छ ,  सुनिस बास्सै इङ्लिस पनि कस्तो राम्रो बोल्छ रे उस्ले हामीले लगाएको गुन बिर्सेंनछ । त्यही राम्रो भयो सत्ताबाट फुस्किए पछी कसैले वास्ता गरेको होइन । लामो समय पछी बिदेस जान पाइने भैइयो बुझिस ? मैले नेताजिलाई सम्झाइ सके त्यस्तै राम्रो दुई चार जना  मान्छे  खोज्नोस यस पटक पनि जस्ले गुन पनि नबिर्सियोस पैसा पनि देओस कि कसो माहिली ? भन्दै थिन उनी । त्यही कुरो उनले नेता लाई पनि सुनाइन नेता ले उ उ मात्र भने ।
 

अर्को सत्तारुढ दलको नेताको चुरिफुरी को त के कुरा ? यो कार्यक्रमको प्रमुख अतिथी बन्न ब्यबस्था मिलाउन आँफैले नियुक्ती गरी प ाएका राजदुतलाई भनी सकेका छन 'म  आउनु पर्छ त्यहा । अरु दलका आउलान जसरी हुन्छ रोक्नोस ।' यसै बिषयमा आयोजक पक्ष र राजदुत बिच पानी बाराबर भैसकेको कुराबाट नेता अनभिज्ञ नै थिए । उन्को अर्को पनि योजना छ यही मौकामा अबैध तरिकाले कमाएको सम्पत्ति बिदेस पुर्याएर त्यही पढ्दै गरेको छोराको नाममा ब्यवसाय खोली दिने । भोली के हो कसो हो के थाहा भन्थे उनी । आफ्नो भाई अनी बहिनीको श्रीमानलाई कुनै हालतमा छुटाउन नहुने सुझाब थियो नेता श्रीमतीजिको । किन्नु पर्ने सामानको लिस्ट पनि तयार पारीन उनले ।
 

सम्मेलनको मिती नजिकिदै जादा आयोजक समितीका बिभिन्न सदस्यहरु कार्यक्रमको फेरिस्त तयार गर्दै थिए । आफ्नो आफ्नो खुबी र क्षमता बारेमा घम्साघम्सी बिबाद थियो ।  उ भन्दा म योग्य भएको मैले यो ाउँ पाउनु पर्छ नत्र कार्यक्रम हुनै नसक्ने जिकिर गर्दै थिए सबै । धेरै पटक मिटिङ बस्यो प्रमुख अतिथी कस्लाई बनाउने भनेर ।  आयोजक प्रमुख एउटाको प्रस्ताव लान्थे बाँकी सदस्य बाट घोर आपत्ति हुन्थ्यो । अर्कोले आफ्नो नेताको नाम प्रस्ताव गर्दथे झन घोर आपत्ति हुन्थ्यो । प्रत्यक सदस्यका आआफ्नै नेताको लागि प्रस्ताव लाने र कसैले पनि अरुको प्रस्ताव स्विकार गर्ने सोचेका पनि छैनन ।
 

आयोजक समितीका प्रत्यक सदस्यले आफ्नो नेतालाई प्रमुख अतिथी बन्न आउने भनी आश्वासत पार्न छोडेका छैनन । त्यसैले नेता र नेता श्रीमती अनी सहायक बनी आउनेहरुको देश बाँकी कार्यक्रम ओझेलमा परि सकेको थियो । बिहानै नेताहरुका पुग्ने कागज आयो ? मेरो नाम छकी छैन ? कहिले सम्म आऊछ ? म त गाउँबाट बिदा भएर आईसके नाम आएन भने त राम्रो हुन्न है नेता ज्यु भनी धम्काउन समेत थालिसके ।
 

आज फेरी बै क बस्यो । आयोजक समितीको सबै सदस्यहरुको हातमा प्रमुख अतिथी र सहायकहरुको सुची छ । आफ्नो सुचीको समर्थन जुटाउन मरिहत्ते गरी राखेका छन । आयोजक मध्यका एकले प्रस्तावित नेताको बारेमा चर्चा गरे- देशमा वहाँको यस्तो देन छ, उस्तो त्याग छ उहालाई नै प्रमुख अतिथी बनाउनु पर्दछ । अर्को सदस्यले प्रतिबाद गर्दै उनले यस्ता भ्रष्टाचार गरेका छन, यस्तो दुराचारी छन तिनलाई त कुनै हालतमा बोलाउनु हुन्न भन्दै आफ्नो नेता को बखान र प्रस्ताब गरे । दोस्रोको प्रस्ताब सुन्ने बित्तिकै तेस्रो कमिजको बाहुला सार्दै टाइको सुर्केनो फुस्काउदै बुद्रुक्क उफ्रे र चोर औंला ाडो पार्दै प्रस्तावित नेता को अबगुन, चरित्र , नैतिकताको प्रश्न उ ाउदै कुनै हालतमा हुँदैन भने । चौथोले बिनम्रतापूर्वक भने - हेर, मैले प्रस्ताब गरेको नेता नयाँ हुनुहुन्छ, वहाँले भ्रस्टाचार गर्नु भएको छैन वहाँको बारेमा बिबाद नगरौ । अर्कोले अस्विकार गर्दै भने - के भन्दै हुनुहुन्छ मित्र ? वहाँ जस्तै नेताले गर्दा देशमा साम्प्रदायिक, जातिय दंगा भई राखेको छ, वहाँ त हुँदै हुन्न भन्दै आफ्नो नेता को प्रस्ताब राख्यो । बाँकी अरु गलल हासे । अर्कोको पालो उनले पनि आफ्नो नेताको बयान गरे । अर्कोले त्यस्तालाई बोलाए त कार्यक्रम कै बेइज्जत हुन्छ भने । एकले अर्काको प्रस्तावित नेतालाई भए नभएका आरोपले नङ्याउन कोहि  पनि पछि हटेनन ।
 

प्रमुख अतिथीको टुँगो आज लाग्ने र ढुक्क भै तयारी गर्न सबैले आ- आफ्ना नेतालाई बै कमा आउनु भन्दा पहिले फोनबाट खबर गरी आएका थिए । बाद बिबाद, भनाभनका बिच निर्णय हुन सकेन । एकले प्रस्ताब राखे - भोट गर्ने, सबैको सहमति भयो । सबले आआफ्ना नेतालाई भोट हाले, सबको एक एक भोट ! सबैको बराबर, कस्तो बिचित्र ? अब के गर्ने ? कस्तो समस्या ?  कुनामा बसेका पर्यवेक्षक उ ेर भने - नेता बोलाउने काम बन्द गर्ने । हो हो, कोहि पनि नबोलाउने । सबैको एकै स्वर भयो- हो हो, यसलाई पनि नबोलाउने, उसलाई पनि नबोलाउने, नेता बोलाउने काम बन्द । सबैले अमिलो मनले हो हो भनेर हात मिलाए । घर पुगेर सबैले आफ्ना नेताहरुलाई फोन गरे 'नेताज्यु, कार्यक्रम रद्ध '

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |