हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वसुधा

विद्या सापकोटा, (हालः शंकरदेव कलेज का माडौं)

सेता भित्ता सेता पर्दा र सेता वेडहरु । सेतै कपडा पहिरेका डाक्टर नर्सहरुको आहोरदोहोर । यो सेताम्मे संसार अर्थात अस्पताल कहिलेकाही आफै भुत बनेर तर्साउँछ । पाकेका, दुखेका, पोलेका छटपटिका, वेचैनीका अनेक भित्रि बाहिरी रोगहरुले दर्दनाक बनाएको हुन्छ वातावरणलाइ । यसैविच बसुधा पल्टिएकी छ । एउटा बेड भरेर अर्थात अस्पताललाइ पुर्णता दिलाएर । यहाँको बसाइ कसैको लागि पनि सुखद हुदैन तथापी रोग निवारणको लागि सुन्दर भविष्यको प्रतिक्षामा राम्रै मान्नुपर्छ । हुन त वसुधाको यो अस्पताल बसाइ पहिलो पटक होइन । उसले जीवन भोगाइको एक चौथाइ समय अस्पतालभित्रै विताएकी हो तर किन हो यसपटक उसको छटपटी बढेको छ तर किन कसैले अन्दाज लगाउनै सकेको छैन बोलक्कड बसुधा यसपटक चुपचाप निराश र मायालु देखिएकी छ । डाक्टरहरुको अनुसार उनको पेटमा खरावी देखिएको छ र चाडै निको हुन्छ पनि । उसको अनुहार आशाले कहिलेकाही उज्यालिन्छ र ऊ अस्पतालका सिलिङ्गहरु गन्न थाल्छे ।

"तिमी उता जाऊ यो महिलाहरुको वार्ड हो ।" वार्डमा हल्लाखल्ला मच्चिएको छ । झुस्स दारी, बिग्रिएको फोहर कपाल, दुब्लो शरिर सेतो पट्टी बाधिएको टाउको एउटा विचित्रको शरिर उताउता दैडिरहेकोछ । केही हराए झै कुनै खोजिकर्ता झै । सुने अनुसार उसको दिमागी हालत िक छैन त्यसैले यो विचित्रको मानव शरिर लापरवाह ढंगले कसैलाइ नटेरी दौडिरहेकोछ । वार्डका सम्पुर्ण शक्ति नस्र कुचिकार विरामी कुरुवा लगाएर उसलाइ बाहिर निकालिदैछ । सबै विरामी उसैलाइ हेरेर डराइरहेका छन् । अस्पतालको भित्ता थर्कने गरी 'बाहिर जा' भन्दै झम्टिरहेका छन् । बसुधा एकनाससँग हेरीरहेकी छ कुनै प्रतिक्रिया विना ।

बसुधाको अप्रेसन भनिएको छ । आफन्त र चिनजानकाहरुको आउनेजाने क्रम बाक्लिएकोछ । वसुधा हरेक कुरामा फिस्स हाँसेर सकेसम्म नबोल्ने यत्नमा लागेकी छ । सायद उ कुनै कुरा वा केहीको प्रतिक्षामा छे । उसलाई जान्नेहरु अचम्ममा परेका छन् उनको परिवर्तित व्यवहारले । डाक्टर नर्सहरुको ओहोरदोहोर बढिरहेकोछ । एकदम चुपचाप छे ऊ ।

बसुधा सर्घषशील नारी हो । जीवनका अनेक रंग भोगेकी छ देखेकी छ उसले । त्यसैले त उ सधै हौसला साहस र प्रेरणा बन्थि सबैको । सबैसँग रमाइलो गर्ने बानी थियो उसको तर आजकल िक विपरित देखिदै गएकी छ ऊ । उसले यसै अस्पतालको बेडहरुका जीवनका उर्वर समयहरु कटाएकी थिइ । अहिले त उसको पेटमा सानो समस्या मात्र देखिएको हो पहिले गरिएका अपं्रेसनका अगाडी । तर किन हो उ आत्तिएकी छ निन्याउरिएकी छ, कायल बनेकी छ । डाक्टरहरुले उसलाइ अप्रेसन थिएटरमा ल्याउन भनिसकेका छन् उ पटक्क मानिरहेकी छैन । सबै चिन्तित देखिएका छन् । बल्लतल्ल हजार प्रश्नहरुको उत्तर फ्याकी उसले "शलिल आउछ अनी ।"

शलिल उसको भदा । उसका दाइ भाउजु भदा भदैनी सबै आइपुगिसके शलिल बाहेक । शलिललाइ होस्टल राखिएकोछ राम्रो पढाइको लागि । ऊ आएन,  एउटा बच्चा आएन भनेर अप्रेशनै रोक्नु के काइदा हो सवैजना सम्झाइरहेका छन् । ऊ चुपचाप टारीरहेकी छ । उसकी भाउजु पनि अजिवकी छ । दुइ ओटी छोरी र अर्को ला े छोरालाइ आफुसँगै राखेर कान्छो छोरोलाइ कसरी होस्टलमा राख्न सकेकी हो ? फेरी त्यति वास्ता पनि गर्दिन । त्यहाँ यदाकदा कुरा निस्किरहेको छ आफ्नै आमालाइ त चासो छैन यो फुपु भनाउदीले किन मरिमेटेकी हो ? फेरी अप्रेशनै नगर्ने यो कत्रो प्रतिक्षा हो ? तर बसुधालाइ यस्ता टिप्पणीप्रति कुनै चासो नै छैन । उ यन्त्रवत सुनिरहेकी छ मात्र सुनिरहेकी छ ।

बसुधा गाँउको स्कुलमा पढ्थि । बाबु सानैमा वितेकाले आमा र दाजु सँगै दुखसुख गर्दै उ हुर्किइ । पछि दाजुहरु शहर पसे, उतै घरजम गरे, गाउँबाट हराए उ आमासँगै थिइ । गाउँगाउँमा क्रान्तिको लहर उ ्दै थियो । मुक्तिका पा भट्ट्याइन थालेको थियो । यहि लहरमा होमिएर ऊ छापामार बनि । क िन क िन घडिसँग लड्नको लागि छापामार हुनु कुनै खेल होइन तर उ तयार भइ र भुमीगत भइ । केही समयपछि उसले ''जनतान्त्रिक विवाह' गरि भन्ने हल्ला चलेको थियो । जनयुद्धका कथाहरु लम्बिदै गए । मुत्यु, हत्या, अपहरणका लामहरु तन्किदै थिए । एकाएक बसुधा पार्टि नै छाडेर का माडौं पसि । अनेक श्रृखलित विश्रृखलित मार र पिडामा पेलिएर आमाको पनि मृत्यु भयो । त्यसपछि त बसुधाको कुनै अत्तोपत्तो गर्नेपनि कोही बाकि रहेन । उसले विहे गरेकी हो कि होइन भन्नेसम्म पनि कसैसँग किटानी थिएन । उ दाजुभाउजुसंगै बस्छे रे भन्ने सम्म मात्र सुनियो ।

त्यससछि बसुधा ुबसुधाु कै रुपमा स्थापित भइ अर्थात सानेतिनो काम गरेर जीवन घिसार्दै गइ । न उसले कहिल्यै आफ्ना यौवनका कुराहरु कसैसँग बाँडी न त जनयुद्धका क्षणहरु सघर्ष र क िनाइहरु कसैलाइ सुनाइ तर रमाइलो गर्थि भिन्न तरिकाले । ऊ बेलाबखत बिरामी परिरहन्थि । एकपटक उ आफैले बोकेको राइफल पड्केर आन्द्रै सम्म प्वाल पारेको थियो । बुच्ने आशै थिएन तर उ बाँची भगवानले बचाए भन्नुपर्छ । आफ्नो कोही नभएर पनि उ सधैं परिश्रम गर्थि ।

किन यसरी घोटिएकी भन्ने सवालमा "मेरो भविष्यको लागि । मेरो आफ्नै भविष्यको लागि ।" उसको रेडिमेड उत्तर आउथ्यो ।

'लालसलाम ! कमरेड ।"
"अँ के छ हाम्रो क्षेत्रतिर अनि हाम्रो रोडम्यापको खबर नी " वार्डभरी फेरी हल्लाखल्ला मच्चिएकोछ ।
"तँ उ ता जा भनेको । "
"कस्तालाइ अस्पतालभित्र पस्न द्या होला त्यो पालेको टाउको फुटाउनु पर्ने । "
"के भर यस्तो भा' होला ?"
"यसलाइ त मैले सडकतिर कराउदै हिडको पो देखेको थे । "
"अस्पतालमा बस्नै डर लाग्यो । " अस्पतालका हरेक बेडहरु एकाएक पोखिइरहेका थिए ।
"तालि तालि । अव हामी अर्का कमरेडको प्रतिक्षा गरौं । "
वीर हस्पिटलको फिमेल सर्जिकल वार्ड फेरी डगमगायो । कारण अघि कै अजिव विरामी लालसलाम गर्दै हालखबर सोध्दै बेडबेड चहारीरहेको थियो । बसुधाले पनि एकपटक त्यस अनौ ो विरामीलाइ हेरी अनि आखा चिम्लदै कुना पट्टि फर्किइ । बसुधाको अप्रेशन स-यो ।

भोलिपल्ट बसुधा झन् निन्याउरीएकी थिइ । डाक्टरहरुले टाउको छामे । थर्मोमिटरले ज्वरो नापे, स्टेथेस्कोपले ढुकढुकी सुने । विल्कुल सामान्य  थिइ ऊ पेटको थोरै दर्द बाहेक । अनायासै "मलाइ पेट होइन छाति दुखेको छ" भन्न थाली ऊ । डाक्टर अचम्म परिरहेका थिए । उ भयभित हुदै "त्यो मान्छे कता गयो?" सोधिरहन्थि । कुनापट्टी फर्केर आशु पुछिरहेको पनि देखियो ।

"शलिल मेरो बाबु ।" ऊ बर्बराउन थालेकी थिइ । अव भने आफन्तहरु पनि बसुधाको छातीमै खरावी छ की भनेर डराउन थालेका थिए । भुतभुताउदै आत्तिदै उसकी भाउजु शलिललाइ लिन होस्टलतिर दगुरी । उपस्थितहरुकावीच मौनता छायो । डाक्टरहरु पनि भिन्न परिस्थिती सृजना हुन पुगेकोले जिल्ल परेका थिए । ऊ झन्झन् बर्बराउन लागि ।
"त्यो मान्छे खै त्यसले केही खायो शलिल आएन अनि तपाईहरु किन एकोरिहिनुभएको नी म िक छु । मेरो छाती पोल्न कम हुदै गएको छ ।" ऊ यस्तै-यस्तै बर्बराइरहेकी थिइ ।

त्यो कमजोर अलौकिक मान्छे आफ्नो जीर्ण शरिर र बेमतलवी चालचलन लिएर बेलाबखत अस्पतालको खास गरेर त्यो सर्जिकल वार्ड भित्र पसेर बखेडा मच्चाइरहन्छ । यसपटक त उसलाइ निकाल्न झनै गाह्रो परिरहेको छ कसैको कुरा सुनिरहेको छैन ।

"मेरो मुक्ति यही हुनुपर्छ । मेरो जीवनको सार्थकता यहि भित्र हराएको छ पत्ता नलगाइ म जान्न । " उ अडिग । केही नलागेर प्रहरी गुहारिएकोछ उसलाइ बाहि-याउन । विरामी कुरुवा अझ भनौ अस्पताल पुरै अनौ ो सन्त्रास विच गुजि्ररहेको छ । सवै अत्तालिएका छन् । हडवडाएका छन् । उता बसुधा छाति थिचेर कराउन थालेकी छ । राधाले शलिललाइ लिएर आइपुगिसकिछन् । शलिललाइ देखेर बसुधाका आखा धपक्क बले । अनायसै खुम्चिए पनि त्यस मान्छेको मनोदशामा । जे होस विस्तारै ऊ आफन्तहरुसँग कुरा गर्न थालेकी थिइ ।

पर्सिपल्ट बसुधा आनन्दित मुद्रामा निदाइरहेकी थिइन् । बच्चो शलिल एउटा टुक्रो कागज लिएर दौडिरहेको थियो । जहाँ लेखिएको थियो - "मेरो भविष्य ! छाति यति पोलिरहेको छ की लाग्दैछ अव म बाँच्दिन । जीवनको सत्यता लुकाएर जाँदा मेरो आत्मा पनि छट्पटाउने छ । हुनत अहिले तिमी केही बुझ्दैनौ बुझ्ने बेलामा सायद म तिमीसंग रहन्न । त्यसैले जादाजादै तिमिलाइ त्यो सत्यता नबताइरहन सकिन । तिमी मेरो छोरा हौं मेरो आफ्नो रगत………। अनि अर्को भयानक सत्यता तिम्रो बाबु त्यो व्यक्ति हो जो मुक्ति खोज्दै होस गुमाएर घुमिरहेको छ ।
मलाइ माफ गर मेरो बाबु ! म जादैछु सदासदाको लागि तिमी र तिम्रो अभागि बाबुभन्दा धेरै टाढा ।
-तिम्ले एकपल्ट पनि नपुकारेकी "तिम्री अभागि आमा"


Comments

Jimba

Sayad yesto pani hudo ho..

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |