हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भयाक्रान्त

सुषमा मानन्घर, (ललितपुर)

छ्याकटे परेको त्यो कालोपत्रे सडक आज फेरी त्रस्त देखिन्थ्यो । सडक छेउको बुढो सुकेको ुटे रुख भने अप्रत्यासित शान्त थियो । सडकको व्याकुलता देखेर नजिकै भुइमा फालिइएको ईँटाको टुक्राले नसोधी रहन सकेन । "दाइ आज तिमी किन उदाश मात्र हैन निकै डराएका पनि देखिन्छौ "
सडकले निश्वास सहित घामले पग्लिँदै गरेका अलकत्रातिर हेर्दै भन्यो "जति जोगी आए कानै चिरीएका । "
"किन के भो र " ईँटोले कुरै बुझेन ।
"यो बुढेसकालमा केही सुबिस्ता होला भन्ने सोचेको थिएँ क्यै नहुने भो । जहाँ जसलाई जे अप् यारो परे पनि म सडक बाहेक अन्त रीस पोख्न जानेकै छैनन् । कुनै बन्द हडताल भयो कि मलाई पो टेन्शन । "
"यति कुरामै के को टेन्शन भयो त ?" ईँटोले कुरालाई हल्का रुपमा लिन खोज्यो ।
"भएका सडकको टालटुल गरी मर्मत गर्नु त कहाँ हो कहाँ मान्छेहरु जहिल्यै टायर बाल्न यही सडक देख्छन् । कसैलाई मेरो पीरै छैन । तातोले भत्भती कति पोल्छधुँवाले कति निस्सासिन्छु भन्ने कुरा अरुलाई के थाहा "सडकले आफ्नो दुखेसो पोख्यो ।
छेउमा उँघ्दै गरेको बुढो रुखले थप्यो "यही धुँवाले गर्दा नै त म दमको विरामी भएको हुँ । सुकेर खोक्रो भैसकेँखै कसले देख्ने कसले बुझ्ने "
"त्यही त । मेरो पनि हालत निको त कहाँ छ र सग्लो मेरो अस्तित्व कत्ति टुक्रा पार्छन् पार्छन् । मलाई उ ाउँदै क कसमाथि बजारेका हुन्छन्गनी साध्य छैन । विचराहरु…। " ईंटोलाई आफ्नो अपराधबोध भैरहेको थियो ।

सडक छेउका भित्ताभरी पाम्प्लेटिङ गरिएका थिए । मानिसहरु सडकमा साना साना सम"ह बनाई अब निकै "लो आन्दोलन हुन्छ भन्ने गाईंगुंई गर्दै थिए । भरे सहरका दुई चार ाउँहरुमा कोणसभा गरिने भन्ने माइकिङ पनि हुन थाल्यो । सहरभरीसडकभरी बन्दहडतालजुलुस र खै के के हुने हो भन्ने त्रास फैलियो ।
ुटे रुखईंटो र सडक अबेर रातसम्म गन्थन गर्दै आपसमा आफ्नो पीडा साटिरहे ।

भोलिपल्ट सखारै मोर्निङवाकमा निस्केका मानिसहरु तीन छक्क परे । हिजो अस्ति जहाँ त्यो अलकत्रे सडक हुन्थ्यो आज त्यहाँ मात्र गहिरो खाल्डो थियो । सानो ईटको टुक्रो खाल्डोमा धेरै तल खसेको थियो । बुढो ुटे रुख भने उखेलिएर एकातिर लडेको थियो । मानौं आफैमाथि आउन सक्ने कुनै सम्भावित विपत्तिको आशंकामा डराएर त्यो कालोपत्रे सडक त्यहाँबाट रातारात कतै भागिसकेको थियो । कहाँ गयो यो भने कसैले लख काट्न सकेनन् ।

Comments

gyan bahadur chhetri

Mahasay,
Bahutai ramro lagyao. Garva anubhav gareko chhu.sir, mo ANSS sanga sabandhit huna chahanchu. Asom rajyama nepalilekhakharuko regd. sahitya akademidwara affiliated autamatra sahitya sangshta chha, tyo ho nepali sahitya parisad, asom. yo sangshtako mo pani org secy raheko chhu. yo sanghthale 90% bhanda badi lekhak harulai represent gareko chha. yo suchana hajurko jankari ka lagi ho.
gb chhetri

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |