हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अज्ञात रोग

सुषमा मानन्घर, (ललितपुर)

भर्खर सा ी मात्र पुगेका चित्त बहादुर मान्छे सोझा हुन् । उनले अरुको चित्त दुखाएको कसैलाई थाहा छैन । उनी आफ्नो सूरमा लुरुलुरु हिंड्ने अनि खुरुखुरु काम गर्ने खालका व्यक्ति हुन् । केही समय अघि अज्ञात रोगको प्रकोप भएको क्षेत्रबाट निरिक्षण गरी फर्केका यी साधु प्रकृतिका व्यक्ति समेत पनि अहिले उत्पातै फरक भएका छन् । रोग लागेको भन्ने हो भने ओछ्यानमा ढलेका छैनन्, सद्दे भन्नलाई उनमा संयमित व्यवहार देखिँदैन । बेलाबेला उनी बहकिन्छन् र बाउँ िन्छन् । यस्तो बेला यिनको दिमाग सड्की हाल्छ । अगाडि जो भेटे पनि तिनको खुट्टा तान्न पनि यिनी पछि पर्दैनन् । तानिने व्यक्ति आफूभन्दा साना हुन् वा ूला उनलाई त्यसको होसै हुँदैन । भेटिए जतिलाई औलो ड्याई तथानाम गाली गर्न थाल्छन् । त्यस्तो बेहोसको जस्तो स्थितिमा भर्खर आफैले भनेको कुराको पनि उनलाई हेक्का रहन्न र कसैले सम्झाउन खोजे पनि भन्दै नभनेको भनी त्यही कुराको माकुरे जालोमा अल्झेर उनी सवैको हुर्मत लिन खोज्छन् । घरपरिवारले हुनसम्मको उपाय गरेर चित्त बहादुरलाई बिसेक बनाउने प्रयास गरे पनि उनको व्यवहारमा खासै ूलो फेरबदल आएको छैन ।

उनको यस्तो अनौ ो बिमारीको चर्चा सुनेर उनका एक पुराना साथी उनलाई भेट्न आए । उनको चित्त बहादुरसंग केहीबेरको भेटघाटपछि ती साथीले चित्त बहादुरका छोरालाई अर्को को ामा बोलाई भने "बाबु यो यति छिटै निको हुने रोग त हैन । अलि समय लाग्छ । तिम्रो बुवालाई नेताहरुलाई लाग्ने असाध्य रोगले गाँजेछ ।"

राजनीतिको 'र' पनि नजान्ने बाउलाई कतिबेला यो रोगले भेटेछ छोरो चिन्तित हुँदै सोच्न थाल्यो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |