परिवर्तन
बिनोद खड्का, (हाल - दोहा, कतार)
उ असाध्यै मिहेनती थियो । उ कक्षामा सधै राम्रो अंक ल्याएर उत्तिर्ण हुन्थ्यो । त्यसैले विद्यालय, गुरुवर्ग, गाँउघर, आफन्त सबैले उ प्रति धेरै आशा साँचेका थिए । उसले जब प्रवेशिका परीक्षा विशिष्ट श्रेणीका साथ उत्तिर्ण गर्यो गाँउमा सिँदुरे जात्रा नै भएको थियो । गुरुवर्गहरुले भने यो िटो यो विद्यालयको सम्पत्ति हो सान हो । धेरै बर्ष पहिले समयमा सदरमुकामको अस्पतालमा उपचारका लागी पुर्याउन नसक्दा अकाल मृत्युवरण गर्न पुगेकी आफ्नी प्यारी आमाको सम्झना गर्दै उसले चौतारीमा भेला भएका सबैका सामु आफ्नो ईच्छा जाहेर गर्यो कि उ यही गाँउमा एउटा डाक्टर भएर आएर गाँउ र देशको सेवा गर्न चाहन्छ । यो उच्च विचारको सबैले महान भनेर प्रशंसा गरे । सबैले भगवानसंग पनि प्रार्थना गरे कि यो िटो डाक्टर नै होस । उसका बाउले आफ्नो सन्तानको मुखबाट यस्तो महान विचार निक्लदा हर्षको आँशु झारेका थिए ।
उच्च शिक्षाको लागी उ राजधानी जाने तयारी गर्दा गाँउघरका सबैले उसका बाउलाई आवश्यक सहयोगका लागी तयार रहेको बताए । गाँउबाट उसको बिदाई गाँउघर गुरुजन सबैका लागी हर्ष र बिछोडको संगम जस्तै भएको थियो । साहै भावुक हुनेहरुले आँशु पनि बहाएका थिए । गाँउ छोडेर हिड्दा उसले चौतारीमा पुगेर एकपटक फर्केर आफ्नो गाँउघरलाई हेर्यो अनि मायाले त्यो प्यारो गाँउलाई एकपटक चुमेको थियो ।
मिहेनती भएका कारणले राजधानीमा पनि उसंग समय सधै कम नै रह्यो । डेरामा बसेर छिमेकीका बच्चालाई टयुसन गरेको पैसाले डेरा र खानाको खर्च निकालथ्यो । कलेज फी त माफी नै थियो । त्यसैले उसलाई गाँउ फर्कन समय नै मिलेन । बाउ कहिलेकाही छोरो भेट्न आँउदा उ आफ्ना गुरुवर्ग, गाँउघर, आफन्त सबैलाई सम्झनाका शब्दहरु प ाउथ्यो ।
XXX
अन्तत सरकारी छात्रवृत्ति पाएर उ विदेशमा डाक्टरी पढ्न गयो भन्ने सबैले सुने । आजभोली उ विदेशमा एउटा ुलो अस्पतालमा डाक्टर छ भन्ने पनि सबैले सुनेका छन । समय समयमा उसका बाउ सदरमुकाममा छोराले प ाएको घर खर्च लिन पुग्छन । बाउको आफ्नै पैतृक सम्पत्ति भएकाले छोराको विदेशको कमाईमा भर गरेर खानु वा मोज गर्नु लक्ष नभएकाले छोराले प ाएको सबै पैशा उसैले बाल्यकालमा शिक्षार्जन गरेको स्थानिय विद्यालयलाई छोराले विद्यालयको लागी प ाईदिएको भनेर दिईदिन्थे । सम्भवत उसका बाउले जीवनमा बोलेको केवल यही एक मात्र झू थियो । उता गुरुजनहरु आफ्नो शिष्यले आफुले अध्ययन गरेको विद्यालयप्रति देखाएको सहयोगी भावनाको सराहना गर्थे ।
उसका बाउले गाँउ कहिले फर्कन्छस भन्ने प्रश्न गर्दा उसको छोरो चाहीले दिने एउटै खालको जवाफ झलझली सम्झनामा आईरहन्थयो “बा पढ्दा पढ्दै आधा उमेर बितिहाल्यो । उता आयो भने पढ्नका लागी गरेको यत्रो मिहेनतको वास्तविक फलको एक छेउ पनि मिल्दैन । उता कमाई एकदम कम छ । बच्चाहरु पनि यतैको वातावरणमा भिजिसके । तपाईकी बुहारी पनि गाडी आफै चलाएर ूला ूला शपिङ मलमा मात्रै जान रुचाउँछे । अब यी सबै कुराहरु उता मिल्दैन त्यसैले उ पनि आउन मन गर्दिन । म मात्रै एक्लै आएर के गर्नु । तपाई पनि के त्यही गाँउ भनेर बस्नु हन्छ बरु यतै आउनुस टिकट भीसा प ाईदिन्छु । मान्छेले समय अनुसार परिवर्तन पनि हुनु पर्छ ।”
यिनै कुराको सम्झनाले कहिलेकाही आँशुका थोपाहरुले पीढीको डील भिजाईसकेको पनि ति बाउ पत्तै पाउँदैनथे ।