गजल
मिथिला प्याकुर्याल, (हाल: तोरीखेत, भरतपुर चित्तवन ।)
आज तिम्री छोरीले माटो केरी कखरा लेखी साइँली दिदी
चोरेर भाइको कापी हेरी हेरी कखरा लेखी साइँली दिदी
भाइलाई स्कुल पठाएर वस्तु लखेट्दै जँगल पस्याथी
त्यहाँ पनि रुख खोपेर फेरि कखरा लेखी साइँली दिदी
भ्ाान्सा सकी जूठो चूल्हो आँगन कसेर गर है भन्दा
अँगेनीको कोइला झिकी मझेरी-मझेरी कखरा लेखी साइँली दिदी
माटो पखाल्छौ कि रुख ढाल्छौ कि फेरि मझेरी पोत्छौ हँ
कसरी मेट्छौ त्यसले त मनभरि कखरा लेखी साइँली दिदी