रुपान्तरण
मुरारी नराल, (फेयरपयाक्स, भर्जिनिया)
निःशब्द
आज पनि
केही पातहरु झरे
अनायासै वर्षिएको
मुसलधारे वर्षा सहँदै
तर
केही कामेका पालुवाहरु
सुक्सुकाउँदै हल्लिरहे
करेसामा एकतमासे
बलेनीको आँसु
रातभरि तप्किरह्यो
टप टप
खिइएको बलेंसीमा
एकधरो खोलो
कुरिरह्यो
बचेराहरु
जाग्रामै रहे
भोका बाछिटा खप्दै
प्रहरान्तभरी
हान्निएका भेलहरु
भंगालिँदै संगालिँदै
तलतिर मिसिँदै गए
निर्विवाद
नदीको मूल प्रवाहमा
किनारामा तैरिएका
एकमुष्ठ पातहरु
हेरिरहे एकटक
विस्मयकारी एक रुपान्तरण ।
Comments
Ishwar Devkota
Basu jee, Nicely done and I appreciate your efforts. Wish you very best thank you Ishwar