हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नभुकेकै भए हुन्थ्यो मान्छे भएर !

सन्तोष थपलिया, (न्युयोर्क)

राष्ट्र अटाउनु पर्ने छातीमा
आँखा पोल्ने धुवाँ पुत्पुताए पछि
कसरी विश्वास गर्नु तिम्रो फेरी ?

चिरा चिरा फुटेको बाँझो खेतमा
लहलह धान फलाउने तिमी
कत्रो विश्वास थियो भोकाहरुलाई
नागाहरुको आँगनमा कपास फुलाउने तिमी
कत्रो रहर आंग ढाक्न पाउनेहरुलाई
स्वप्ना देखाएर भाग्नु नै थियो त
किन पस्यौ गरीब वस्ती हरुमा ?
बाड्दै घर घरेडीका आशा दुखि मनहरुमा ?

विश्व अटाउनु पर्ने भिजनमा
आसेपासे र लोभी-पापीरुको आंधी चलेपछि
कसरी मुठी कस्नु तिम्रो नाममा ?

हिजो मच्ची मच्ची कुर्लिने तिम्रो मुख
विस्तारवाद मुर्दाबाद ! साम्राज्यवाद मुर्दाबाद !
आज तिम्रै आँगन डिल सम्म आइपुग्दा पनि
खै त कसले सिइदियो थुतुनो ?
झुटले विश्वास जित्नु नै थियो त
निर्दोषहरु नमारेकै भए हुन्थियो
सिउदाहरु फुल्न दिएकै भए हुन्थियो
यदि भूपी कै "हुँदैन विहान मिर्मिरे तारा...." पढेको भए
उनि जस्तै उचा बाँचीदिएको भए हुन्थ्यो
किन खानु रगतको नुन ?
किन पिउनु पसिनाको पानी ?

टनकपुर र सुस्ता बग्नु पर्ने हृदयमा
गङ्गा र जमुना बगाउनु नै थियो त
दौरा-सुरुवाल संगै टोपी पनि चढाइदिए भैहाल्थ्यो
किन हुटिटयाँउ  बन्नु आकाश थाम्न ?
हिजो तिम्रै मृत्युको माला जप्नेहरुलाई
सार्वजनिक फूलमाला गर्नु नै थियो त
जनयुदको महँगो रामलिला किन ?

राष्ट्र र राष्टियता बग्ने रगत
मट्टीतेलसंग साट्नु नै थियो त
नभुकेकै भए हुन्थियो मान्छे भएर
नलुकेकै भए हुन्थियो जंगल गएर ??

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |