हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एउटा अर्को मान्छे

ॠषि राम अर्याल, (गागल फेदी -2 काठमाडौं)

मान्छे समग्रमा मान्छे नबन्दै
मान्छे बन्न दौडिरहेको हुन्छ भुगोलमा
र खुम्चिएको भुगोल नभेट्दै
नक्कली मान्छे प्रतित भैसकेको हुन्छ वर्तमानमा
शताब्दी मान्छेको नक्कलमा ब्यस्त छ
र, आफ्नै उपजका सामु
मान्छे निस्तेज भएकोछ
फगत, निस्तेज
शायद यत्तिमै शताब्दी रोकिदैन होला
इतिहास र बर्तमानका मान्छे
भविष्यमा पाठेघर र टेस्टट्युबममात्र सिमित रहदैनन कि
शताब्दिले पनि त फट्को मार्दैछ
त्यसैले क्लोनिङ्को युगमा मान्छे प्रयोगशालाका उपज हुनेछन
त्यसपछिका बैज्ञानिकबिधिहरु
ब्यस्त हुनेछन मान्छे उमार्न प्रयोगशालामा
खबरदार्
सम्वेदन हराएका मान्छे नऊमार
मान्छे मान्छे जस्तो हुनुपर्दछ
न कि पाखन्डी र मुर्कट्टा जस्तो
यहाँ धेरै भैइसके पाखन्डिहरु
शायद क्लोनिग इतिहासमा त्यस्तो हुदैन होला
उसमा त घाऊ दुख्ने हुनुपर्दछ
पीडा छट्पटाउने हुनुपर्दछ
सम्बेदना जाग्रित हुनुपर्दछ
र जिजिबिषाका प्रत्येक कणहरु सम्बेदनशील हुनुपर्दछ
तब फरक देखिन्छ मान्छे र अर्को मान्छे मा
त्यसपछिका दिनहरु चुनौती हुनेछन मान्छेकालागी
बिबकेहीन र निर्लज्ज मान्छेहरु छटपटाउनेछन

बिस्थापित हुनेछन काला सैतानहरु
एउटै अनुहारमा क्लोनिगका मान्छेहरु
बिवेक बाँड्न थाल्नेछन
आफ्नै निर्लज्जतासँग पाठेघरका मान्छेहरु
डराइरहेका हुनेछन
त्यतिखेर पाठेघरका मान्छेहरु पलायन हुँदै जानेछन
जतिखेर क्लोनिग्का मान्छेहरु सम्बृध्द हुँदै जानेछन //

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |