हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रवासी हुनुको पीडा

मन्जु निरौला, (मेरिल्याण्ड)

प्रवासी भई जो पराई देशमा बस्छ
प्रवासको दुःख उसले मात्र बुझ्न सक्छ
ईराकी युद्धभूमीमा होस् या 
कतारको जर्जर मरुभूमीमा
ज्ाापानको हरियाली शहरमा होस् 
या अमेरिकी स्वतन्त्र भूमीमा नै किन नहोस् ।
 
नौलाखे तारा गीतमा नै किन नहोस्
प्रवासी बनी प्रवासको पीडा
प्रवासी नेपालीले नै बुझ्न सक्छ
मुग्लाने भै मुग्लानको व्यथा
बहादुर गोरखा बन्नेले मात्र भेउ पाउन सक्छ
मुम्बईको गल्लीमा बरालिनेले मात्र बुझ्न सक्छ ।
 
प्रवासी नेपालीको मौलिकपन जोगाउन
गीतमा नेपालीको व्यथा पोखिदिन्छ
मौलिक अधिकार खोज्दै हराउँदा
साहित्यमा आफ्नो अस्तित्व बाँड्न थाल्छ
आफ्नो मौलिक सँस्कार सँस्कृति बचाउन
देउसी मारुनी भैलीको लैबरीको राग अलापी दिन्छ ।
 
मन्दिर मस्जिद गुम्बा जहु गएपिन
आफ्नो देशको नक्सा मनमा लिएर हिँड्छ
नेपाली भई नेपालीको मौलिकता राख्न
जमरा शयपत्री दूबो र मखमलीले
घर आँगन दीयोले सजाई दिन्छ
नबिस्र हामी नेपाली हौ यो भाव जगाई दिन्छ ।
 
लालीगुराँस लालुपातेको भाखा राखी
चन्द्र र सूर्य अङ्कित झण्डा निशान हाम्रो
जहाँ रहे ता पनि आफ्ना सन्ततीलाई
गोरखालीको वीर गाथा कहिदिन्छ
प्रवासी हौ के भयो नेपाली हौ हामी
यो शब्दको चयन सन्ततीलाई छोडिदिन्छ ।
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |