हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

भूपेन्द्र महत, (कोलोराडो)

तोड्न फोड्न खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु

बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु

बाटो पर्दा कतै नजर पर्ला घरमा भनी
सुकुमबासी भै भत्किएको छानो पठाकोछु

सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पठाकोछु

बधाई र कामना मेरो कोशेली तिमीलाई
आसुले रुझ्दै लेखेको अन्तिम पानो पठाकोछु



 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |