हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

संकल्प

रामकुमार श्रेष्ठ, (केण्ट, वेलायत)

उफ !
दिन निकै बितिसक्ता पनि
हामी त अझै अलमस्तिएछौं -
आफूले आफैलाई नबुझ्ने गरी;
हामी त आफै हराइ सकेछौं
आफ्नो पहिचान नै गुमाउने गरी ।

समय त आखिर समय न हो
आफ्नो गति लिइ छाड्छ;
त्यस्को गति नबुझ्नु त
हाम्रो आफ्नै कमजोरी हो
त्यस्को गतिमा आफू समाहित हुन नसक्नु त
हाम्रो आफ्नै लाचारी हो ।
हेर त -
संगै यात्रा गर्नेहरु मात्र पिन
क्हां कहां पुगिसकेछन्
अनि
मानब-मानब बीचको अन्तराललाई निहार त
हामी त मानब मूल्यबाट नै वञ्चित भै सकेछौं
तर पनि हामीलाई कति प्यारो हो
हाम्रो आफ्नै आलस्यता;
हामीलाई कति सुन्दर हो
हाम्रो आफ्नै गुड्डी हकाईंहरु;
हामी कति गौरवान्वित छौं
आफ्नै प्रशंसाप्रति
त्यसैले अब त अबिलम्ब
संकल्प गरिहाल्नु पर्छ
भोलिको कुसंस्कार तोडेर
हाम्रा यी कुलतहरुलाई तिलाजलि दिदैं
अबिरल कठोर यात्रा शुरु गर्न

बिहानको झुल्के घाममा त
हामीले निकै दूरी तय गरी सक्नु पर्नेछ
र धेरैलाई उठाइ सक्नु पर्नेछ
एक्काइसौं शताब्दी अनुरुपको
उद्धेस्य पुरा गर्न
हाम्रो साथ दिनु भनेर ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |