हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पुरानो नेपाल नयाँ नेपाल

शिरीष रानाभाट, (ल्फोरिडा, अमेरिका)





पुरानो नेपालमा
घात, अन्तर्घात र प्रतिघातको त्रिकोणभित्र
विश्वासको चौथो कोण खोज्ने क्रममा
तीन भुजाभित्रको
गुरुत्वाकर्षणविहीन शुन्यमा
उडिरहे निराधार
जीवनका धेरै वर्षहरु ।

त्यहि बीचमा
धेरै भूमि सिँचेछ रगतले
भरिएछन् मन र मस्तिष्कहरु
व्देष र घृणाहरुले
भासिएछन् किनाराहरु भाईचाराका
जातीय दुश्मनीका लहरहरुमा ।

नयाँ नेपालमा
त्रिकोणका बाहुहरु बदलिएछन्
आक्रोशमा आशमा र त्रासमा
आज भोली
बदलिएका यिनै तीन बाहुले
समेटिएको निस्तब्धताभित्र
आफ्नै पहिचान खोज्दै
भौँतारिरहेछु, भौँतारिरहेछु ।
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |