हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हिउँ र तिमी

दिनेश अधिकारी, (काठमाडौं)


न्यानो लाग्ने गरी
चिसो हिउँ परिरहेको छ
, म तिमीलाई
हाम्रा भेटका प्रारम्भिक दिनहरुमा सम्झिरहेछु
त्यसबेला
तिमी असाध्यै नरम र न्यानी थियौं
!
 

कपास जस्ता हिउँका कोमल फूलहरु
समय वित्दै जाँदा
कठोर चट्टानमा परिणत भएछन्
अहिले म
त्यही हिउँ-चट्टानमा उभिन आइपुगेको छु

जुत्ताको तलुवा छेडेर
खुट्टाको बाटो हुँदै
चिसो सरिरभरि फिजिएको छ
प्रत्येक पल्ट पाइला टेक्ता चिप्लिने डरले
मस्तिष्क एक किसिमले काँपिरहेको छ
हाम्रो वर्तमानमा
एक पटक फेरी
म तिमीलाई सम्झिरहेको छु
अहिले तिमी
हिउँ-चट्टान भन्दा पनि कठोर लागिरहेको छ्यौ

हामी खेल्ने ठाउँको मौसमी हिउँ न हो यो
हिउँको कठोरता पनि
कहाँ धेरै दिन टिक्दो रहेछ र
?
अलि पर
तलतिर
विस्तारै विस्तारै
पग्लँदै
पानी भएर हिउँ बग्दै गरेको देखिरहेछु
, मनमनै कामना गरिरहेछु-
हिउँको यो स्वभाव
चाँडै तिमीमा पनि सल्कियोस्
विश्वास छ
,
हाम्रो आगामी भेट अगावै
हिउँ-चट्टानबाट
तिमी कलकलमा परिणत भइसकेकी हुनेछ्यौ
!

न्यानो लाग्ने गरी
चिसो हिउँ परिरहेछ
, म तिमीलाई
हाम्रा भेटका प्रारम्भिक दिनहरुमा सम्झिरहेछु
त्यसवेला
तिमी असाध्यै नरम र न्यानी थियौं
!





Cold snowflakes are falling

Making one feel warm

And I, remember you

In the moments of our first days

The first days of our meeting -

At that time

You were very soft and warm !

Fragile flowers of snow-flakes

Soft as cotton

Turned into hard rock

As time passed

And now, I

Stand here, with this snow-rock

Piercing through my shoe-soles

Penetrating through the feet

The chill has spread throughout the body

For fear of slipping

Every time I take a step

The brain shudders in a way

In our present

Once again

I remember you-

Now, you seem to be

Harder than snow-rock

This is the seasonal snow

Of our snowy playground

The hardness of snow

After all

Where does it last so long ?

A little further

Below

Slowly, slowly

Melting

I see it flowing

Melting into water

And I wish, in my mind

This attribute of the snow

Would soon spread over to you

I believe

Before our next meeting

You would transform into sparkling water

From the snow-rock that you now are

Cold snow flakes are falling

Making one feel warm

And I, remember you

In the moments of our first days

The first days of our meeting

At that time

You were very soft and warm !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |