गीत
बासु ढकाल ,, (कैलिफोर्निया)
पीडामा संगै रुनु छ खुशीमा संगै हांस्नु छ
यही भोगाई हो जिन्दगीको
मनको मैलो संगै धुनु छ
संगै संगै हास्नु छ कहिले संगै संगै रुनु छ
केही कुरा मेरो भन्नु छ केहि तिम्रा सुन्नु छ
थाहै नपाई तोडिन्छ यो मन
यो मन फेरि जोडिन्छ
तिमी कहिले आगो हुंदा
मैले पानी पानी बन्नु छ
जिन्दगीको बाटो भरी
यसै गरी संगै हिड्नु छ
संगै संगै हास्नु छ
कहिले संगै संगै रुनु छ /