गजल
अनुकुल प्रकाश, (चितवन)
जिन्दगीको खेलमा कठै आँफै'सित हार भयो
रामकसम जीवन भन्दा जिउनु झनै भार भयो
दौड-धुप सधैं-भरी, यता-उती गर्दा-गर्दै
गन्तव्यको बाटो बिर्सें आज आइ वेकार भयो
आउँछ कित? पालो भन्दै बस्दैथिएँ लाईनमा
ठेलम्ठेल गर्दा-गर्दै , समय नै पार भयो
कती कुर्नु? बाटाहरु सफलताका आश बोकी
मुढो ताकी घुँडो काट्ने, उखानकै सार भयो
लेखेँ कती गाएँ कती सपनाका गजल-गीत
आजभोलि यो'अनुको'सपना नै फलहार भयो
जिन्दगीको खेलमा कठै आँफै'सित हार भयो
रामकसम जीवन भन्दा जिउनु झनै भार भयो