हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

संघर्षका पर्खाल हरु

आचार्य प्रभा, (कोलोराडो)

तिमीले उन्मुक्त हाँसो हाँस्नका लागि धेरै पर्खाल हरु
नाघ्न पर्‍यो शायद , 
के अब पनि तिमी त्यस्तै मीठो आशाको अभिष्ठमा
अल्झिरहेकाछौ ?
या त कुनै अर्कै आशारुपि मोहमा
फसी रहेकाछौ तिमी ?
हो तिमीले, मान्न तयार हुनु पर्छ
न्यानो आशा देखाएर तिमीलाई
इन्द्रेणी सपना बुनिदिने हज्जार हुन्छन /
यसरी एक पछी अर्को, अर्को पछी अर्को
सपना सजाइदिने लाखौं आउछन /
त र पर्खाइको अन्तरालभित्र तिम्रा इक्षा आकाँक्षाहरुमा
धमिरा लाग्न सक्छन
तिम्रो जिजीबिषामा आघात पर्न सक्छ
त्यसैले मेरो अनुरोध , 
झिनो आशाको प्रतिक्षामा तिम्रो अमूल्य समय
नष्ट नगर , 
कसैको झुटो आश्वासनमा आफ्नो मनुष्त्यवलाई बन्धकी नराख
बरु सक्छौ भने संघर्षरत  बन
आफ्नो प्राकृतिक हाँसो बचाइ राख्न अनी सफल बन
उन्मुक्त हाँसोलाई 
छेक्ने पर्खाल्हरुलाई साहसको हात हरुले ढलाउन
                             

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |