हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कुर्सीको झगडा

तारानाथ शर्मा, (मिशिगन राज्य विश्वविद्यालय अमेरिका)

कुर्सीको झगडा उठेर तगडा नेपाल नै रन्कियो

सारा देशविकासको अब कुरा ठप्पै भयो थन्कियो

गाई कोरली भोग्न बृद्ध जब त्यो साँढे जमेरै बस्यो

ईर्ष्या, भेद र फूटको मुलुकमा सेना डटेरै पस्यो--१

 

कुर्सी, गाई दुवै म धान्दछु भनी अर्कै उठ्यो डुक्रियो

नाङ्गो भो सब राष्ट्र भाँडिन गई धाँजा पर्‍यो टुक्रियो

साझा यो फुलबारि मास्न कसिए हाम्रो बिजोकै गरी

बाँच्ने छैन स्वतन्त्रता मुलुक नै फुट्ने छ ऐनासरी--२

 

आशा उन्नतिको मरेर मनमा सारा स्वदेशीहरू

रुन्छन् आज नदेखि रक्षण यहाँ नेपालको आबरू

कामै छैन कतै परिश्रम गरी खानेयुवा तर्सिए

देशै छाडि पराइका मुलुकमा लागे बसाइँ सरे--३

 

छोरीलाई म इन्दिरासरहकी पार्छु भनी चम्किने

देशैको पद शीर्ष लिन्छु म भनी मैदानमा बम्किने

भ्रष्टाचार र घूस, चाकरिहरू सामन्तसाथै ढलून्

नेपाली स्थिति फेरिएर जनमा आशाहरू उर्लिऊन्--४

  

शिक्षा, स्वस्थ्य र काममाम सबले पाऊन् थियो चाहना

नेपालित्व रहोस् सधैँ भुवनमा कल्याणको कामना

हामी नै झगडा  गरेर घरमा बाझ्यौँ भने चर्चरी

हुन्छौँ दास पराइको पगमुनि रुन्छौँ सधैँ धर्धरी--५

 

कुर्सी, शक्ति र द्रव्यतर्फ दलका सिद्धान्तको दुर्दशा

हाँस्ने छन् सब मित्र मस्तसितले देखेर हाम्रो दशा

बिर्सन्छन् जनता र राष्ट्र यिनले पाएर कुर्सी पनि

हामी एक थियौँ र त्रास छ कतै मेटिन्छ राष्ट्रै भनी--६

 

 

Comments

laxman

hajur ko (ह्वागंपु नदीका छालहरु ) read garda dhari ramaelo lagyo.. 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |