हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नयाँ बर्ष शैशवकाल लिएर आएको छ

आचार्य प्रभा, (कोलोराडो, अमेरिका)

भो नदिएको भए हुन्थ्यो मलाई
शुभकामना नयाँ बर्षको
मेरा मित्रजनहरु,
किनकी ---अचेल शुभपलहरु नै
खोसिएका छन हामीबाट
अनी क्षणभङुर छन
हाम्रा अधरका खुशीहरु नै
बाँचेकाछौ हामी सबै,
भ्रमको खेती पालेर
आजको खुशी हाँस्न नपाउदै
भोली गह भिजाउनु परेको छ,
हिजोको आसुँ पुछ्न नपाउदै
भोली मुटु दुखाउनु परेको छ
नपत्याए गहिरिएर सोच त !
के हामी पिल्सिएकाथिएनौ र ?
त्यसैले---म अन्तरात्माबाट नै भन्छु
शुभकामना साट्नु भन्दा
देशको पीडा साटौ
किन कि ---देशको नीती अस्वस्थ्य छ
घाइते माटोलाई टेकेर हामी
खुशी मनाइरहेछौ ।
अझ प्रतिक्षारत थियौ नयाँ बर्षको
जब कि पुराना बर्षहरु
हामीसँग दुखित भएर बिराना भए
पुराना बर्षहरुलाई हामीले
दाउमा मात्र राख्यौ
त्यसैले ---नया बर्षको शुभकामना साट्नुभन्दा
शैशवकाल लिएर आएको
नयाँ बर्षको सुरक्षा गरौ
यो बर्षलाई नयाँ इतिहास बनाउ
यस्लाई सुरक्षित राखौ
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |