हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हिन्दु धर्म

सिर्जना भण्डारी, (आर्लिंगटन , भर्जिनिया)

'हिन्दु' शब्दको अर्थ के हो?

हिन्दु शब्द हिन्दु धर्मसँग सम्बन्धित छ। तर हिन्दु शब्दको अर्थ के हो त?

यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ कि 'हिन्दु' केबल एक शब्द मात्र हो, यो शब्दको क्रुनै अर्थ छैन अर्थात यो धार्मिक शब्द होइन र सनातन हिन्दु धर्मसँन यो शब्दको कुनै तात्विक सम्बन्ध छैन। तर हिन्दु शब्दसँग जोडिएर आएका केहि शब्दहरु प्रचलनमा रहेका छन् जस्तै- हिन्दु धर्म, हिन्दु धर्माबलम्बी, हिन्दुस्तान, हिन्दी, हिन्द महासागर आदि।

हिन्दु धर्म र शब्दको उत्पत्ति: संसारभरी हालसम्म प्रचलनमा रहेका धर्महरुमा हिन्दु धर्म सबभन्दा पुरानो र तेस्रो ठुलो भएको कुरा बिभिन्न पुरातात्विक अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन्। तर प्राचीनकालमा यो धर्मलाई हिन्दु धर्मका नामले चिनिदैनथ्यो। प्राचीनकालमा हिन्दु धर्मलाई 'प्राचीन सभ्यता' भन्ने गरिन्थ्थो। हिन्दु धर्म दुई भिन्न आस्था मिसिएर एक बनेको बिभिन्न पुरातात्विक अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन।

हिन्दु धर्मको उत्पत्ति इन्डुस उपत्यकामा भएको हो। इ. पु. ३००० बर्ष अघि इन्डुस उपत्यकामा सदियौं देखि बस्दै आएको प्राचीन सभ्यताको पत्ता लागेपछि अर्को धार्मिक आस्था भएका युरोपियनहरु इन्डुस उपत्यकातिर बसाइ सर्न थाले जसलाई आर्यन पनि भन्ने गरिन्थ्यो। यिनीहरुको बसाइ सर्नेक्रम इ. पु. २००० सम्म जारी थियो।

संसारभरी सबभन्दा धेरै हिन्दु धर्माबलम्बीहरु दक्षिण एशियामा बसोबास गर्दछन्। दक्षिण एशियामा पर्ने देशहरुमा सबभन्दा बढी भारत र नेपालमा हिन्दु धर्माबलम्बीहरुको संख्या बढी छ। हिन्दु धर्मको अहिलेको यो पुस्ता सीन्धु उपत्यकाको सभ्यताबाट फैलिएको बिश्वास गरिन्छ। सीन्धु उपत्यकामा सनातन धर्म मान्नेहरु बसोबास गर्ने गर्दथे। प्राचीन ग्रीकहरुले  'सिन्धु' शब्दलाई ' हिन्दु' उच्चाहरण गर्ने गर्दथे र उक्त स्थानमा बसोबास गर्नेहरुलाई 'सिन्धुबासी' नभइ 'हिन्दुबासी' भन्ने गर्दथे। पछि सिन्धु उपत्यकामा विश्वका अन्यत्र स्थानहरुबाट थुप्रै मुस्लीमहरु बसाइ सरे र रैथाने सिन्धुबासीहरु सँगै बसोबास गर्न थाले। पछि तिनै मुस्लीमहरुले प्राचीनकाल देखि बसोबास गर्दै आइरहेका सिन्धुबासी (हिन्दुबासी) र आफ्नो समुह छुट्याउन तथा चिन्नका लागि स्थाइ बासिन्दाहरुलाई 'हिन्दु' र उनीहरु बसोबास गर्ने स्थानलाई 'हिन्दुस्तान' (हिम्दु+स्थान) भन्न थाले र आफुलाई मुसलमानका रुपमा चिनाउन थाले। समयक्रम बित्दै जाँदा यिनै सिन्धुका प्राचीन बासिन्दाहरु अहिलकॊ भारुत, नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश, बर्मा, थाइल्यान्ड, आदितिर छरिदै गए र ति हिन्दु अर्थात हिन्दु धर्मालम्बीका रुपमा चिनिन थाले।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |