हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एउटा कठोर दैनिकी

हिमाल खरेल, (हाल: बिर्तामोड)

 "जागिर खोजीको सिलसिलामा म गाउबाट बिर्तामोड आएको पाँच महिना भइसकेको छ । धेरै अभिलाषा थिए । एघार पढ्दै कुनै प्रतिष्ठानमा आफु सुहाउँदो काम गर्ने योजनासाथ गाउँकै उच्च माविमा नपढेर बिर्तामोड हानिएकी थिएँ । साइडतिर डेरा लिएर क्याम्पसमा सँगै पढ्ने इलामकी सन्ध्या र म रुममेट बन्यौँ । दिनहरु बित्दै गए । शिशिरपछि बसन्त आउँथ्यो । पातहरु ओइलिएर पुनः पालुवा फेर्थे । तर हाम्रो स्थिति स्थिर थियो । झर्झराउँदो उमेरमा पनि हामी सधैँ उस्तै थियौँ । कति रातहरु बेस्वादिला बनिदिन्थे । सपनाहरु खल्लो भइदिन्थे । क्रमशः दिनरात छिचोल्दै गइरहेका थियौँ हामी । संसारमा सबैभन्दा पहिले भोकले आक्रान्त नानीहरुको निद्रा खुल्छ कि पश्चातापका कारण आपुूले बिताइआएको भूत आपुूसँग नमिल्दो वर्तमानको टकरावको कारणले युवाप्रेमीहरुको निद्रा खुल्छ । तर अचानक म मध्यरातमा ब्यूँझिन थालेकी छु ।

'नयाँ घरुमा आहुतिले लेखका छन् मुटु चिमोट्ने घटनाक्रमहरुको केन्द्रविन्दूमा बाँचेको एक्लो जीवन खै त्यसको कुनै ठेगान होलाजस्तो नै छैन । ती निष्ठुरी रातहरुका पीडामय क्षणहरु जसलाई म कहिल्यै भूल्न सक्तिनँ । मेरो मुटुमा नीलकाँडा बिझेझैँ चर्किन्छ । मुटु गाँठो परिरहन्छ । र आँखामा आँसु छचल्किएपछि मात्रै म शान्त हुन्छु ।' अर्थात् बारम्बार म मेरो दैनिकी गुजार्ने समस्याबाट ग्रसित हुँदै थिएँ । सन्ध्याको पनि उस्तै । झापाका अखबारहरुमा छापिएका जागिर-सूचना हामी फेददेखि टुप्पैसम्म पढ्थ्यौँ । निवेदन पनि दिन्थ्यौँ । तर हातलागी शून्य । कलेजमा अन्य साथीहरुका तुलनामा हामी प्रष्टै चिनिन्थ्यौँ । हामी अत्यन्त दरिद्र छौँ भन्ने उनीहरुलाई बुझ्न कुनै समस्या छैन हाम्रो पहिरन व्यवहार इत्यादिबाट । आफुलाई मानसिक अपमानको महसुस भएर पनि चूपचाप कलेज धाउनको विकल्प हामीसँग थिएन । घरिघरि हामी पागलपनको भुमरीमा फँस्न बाध्य थियौँ । हामी दुवैको समस्या सालाखाला एकै किसिमको छ । यति हो ऊ इलामतिरकी क्षेत्रीकी छोरी म दक्षिण झापाकी रैथाने । पैसाले मानिसलाई जे पनि बनाइदिन्छ । पैसाका निम्ति हाम्रो जीवन उजाड बन्न सक्छ र चम्किलो पनि । बिर्तामोडको अत्यासलाग्दो भीडमा कहाँकहाँका मनुष्य के खोज्न आएका होलान् उनीहरुले बिर्तामोडको पागल लट्टेलाई देखेका र चिनेका छन् कि छैनन् ?

मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण दुईवटा घटना भइदिन्छन् । एउटा घटनाले जीवनको सुरुआत गर्छ । अर्कोले अन्त्य । के म वर्तमानप्रति उदासीन छु?  अहँ मलाई त्यस्तो लाग्दैन । के म भविष्यप्रति निराश छु ? अहँ त्यस्तो त हुँदैहुँदैन । मेरो सिङ्गो जीवन यही उदासीनता र निराशासँगको भयानक युद्धबाट गुज्रेको छ र आफ्ना दुःखमय स्मृतिहरु मैले ज्ञानको रुपमा सँगालेको छु । तब म कसरी वर्तमानप्रति उदासीन बन्न सक्छु भविष्यप्रति कसरी निराश बन्न सक्छु होइन जीवन निराशा र शून्यता त हुँदै होइन । त्यसो भए सत्र वर्षकै झर्झराउँदो वैँशालु उमेरमा तन्नेरी रगतको बाबजुद शिशिर यामको उजाड बकाइनोको रुखजस्तो उराठलाग्दो मेरो वर्तमान स्थिति किन भएको त बिर्तामोडमा अल्मलिइरहेका कयौँ पात्रहरुझैँ म पनि रणभुल्लमा परेकी छु । यहाँ अनेक किसिमका मानिसहरु बस्छन् । सबै आफ्नै सुरमा हुन्छन् । बाइकमा कुदिरहेका । मोबाइलमा गर्जिरहेका । तरकारी-फलफूल  बेचिरहेका । अखबारमा इतिहास उधिनिरहेका । अँध्यारो गल्लीबाट फुत्त बाहिर निस्किरहेका । मुक्तिचोकमा बाटो अल्मलिइरहेका । सबैथोक बिसेर हरसमय मदहोसी बनेर बिन्दास जिन्दगी बिताइरहेका दिनरात रासलीला मेटाइरहेका स्त्रीहरु । र स्त्री-लम्पटहरु ।

'बिर्तामोडमा गरिखान दिउँसो कसले के गर्छ कसैलाई थाहा हुँदैन भन्नु ऐना जत्तिकै कुरालाई छोप्न खोज्नु हो । बरु साँझ पर्दैगर्दा गोधूलिदेखि नै कामका लागि तयार हुनेहरुका बारेमा थोरैलाई थाहा हुन्छ ।' कुनै स्त्रीको आत्मपत्रको एक अंश ।

गफ गर्दे जाँदा बिर्तामोडको एक कलेजमा पढ्दै गरेकी ती बहिनी र म क्याफेतिर पसेर मज्जाले गफिन थाल्यौँ । मैले तिनलाई कलेज ड्रेसमा देखेको थिएँ । उनको गफ लामै भएकाले मैले सन्ध्या र उनलाई त्यतातिर जान भनेको हो । तर उनीहरुले मलाई निस्फिक्री सेक्सका लागि अनौपचारिक आग्रह गर्दै गए । उनीहरुको हाउभाउ कामोत्तेजक भन्छन् मान्छेहरु मलाई त्यस्तै अनुभव भइरहेको थियो । गर्लफ़ेन्डकी गर्लप्रेन्डका साथ क्याफेमा अरुले बिताएका होलान् । तर एक्कासि लोडसेडिङले गाढा अँध्यारोझैँ मैनबत्तीले धिपधिपाइरहेको कुनै साँघुरो कोठामा भएको मैले आपुूलाई पाएँ । हर्ष र यौवनले पाखुरामा उमि्रएका मसिना काँडालाई सुम्सुम्याउँदै कुनै सुन्दरीको ओठको किताबमा आफ्ना ओठका अटोग्राफ भर्नुको आनन्द कस्तो होला भुत्रुक्क अँध्यारोको गाढा कालो गुफा चिर्दै ऊ मेरो अगाडि आएकी थिई । हे प्रभू ! मेरो पइँतालाबाट मसिनो झन्झनाहट तालुसम्म पुगेकेा थियो । म फुत्त बाहिर निस्किएँ । म उनीहरुले नदेख्नेगरी अर्कै बाटो भागेँ ।

मेरो प्रेमको क्यानभासमा खै केको रङ पोतिएको छ ! पत्तै छैन । गल्लीको नेपथ्यबाट कसैले बोलाइरहेको छ ुदादा एकछिन् पर्खिनु न ।ु ओहो अगाडि भेटिएका स्त्री पो । चिप्ले कीराको मेरो गति बढाएँ । उनीहरु अर्कै गल्लीबाट छिरेर ठ्याक्क मेरै सामुन्ने आइपुगे । अब भएन त फसाद् ! यसबेला भने उनीहरुले आफ्नो डेरातिर पुर्याए मलाई । ुटिरिङ…।टिरिङु कसैले मोबाइल रिसिभ गर्न भनेपछि म कोठा बाहिर निस्किएँ । कुराकानी सकेर एकछिन् बाहिरै बसेँ । यी दुई मस्त युवती ुमस्तु गफमा थिए । बीचबीचमा अश्लील शब्द घुसाउँथे । स्त्रीको जनेन्द्रिय बोध गराउने शब्द । म भित्र पसेँ । अहिले भने अवस्था अलि बेग्लै छ । तलबाट चिसो माथि सरिरहेको थियो । पारोझैँ । २५ पुस । थस्र-डे । विद्युत प्राधिकरणले एक टुक्रा उज्यालो बिर्तामोडमा हुत्याइदिएको थियो ।
अघिल्लोपटक मैले भेटेको आत्मपत्र उनै झापाली रैथाने र सन्ध्याको रहेछ । पढाइ खर्च र अन्य आधारभूत आवश्यकता पूरा गर्न यिनीहरुले थालेको काम साँच्चै बाध्यात्मक थियो । यौन प्राकृतिक आवश्यकता हो । सबैले यसै भन्छन् । जब रेडियोको ब्याट्री सकिन्छ कि त नयाँ ब्याट्री किनिन्छ कि त ब्याट्री सुकाइन्छ । यौन भनेकै जीवनको रिचार्ज हो । तर उनीहरुको यौन रोमााचक छैन । दैनिक आठ-दससम्म लक्काजवान पुरुषको तृष्णा मेटाउन उनीहरु बानी परिसकेकाछन् रे । पल्किएका ग्राहक आउन किन बिराउँथे र कमाई मालामाल भएपछि कलेज-टाइम बाहेकको समय होटलमै बित्छ रे । यो समयमा मैले मेरी प्रेमिकालाई सम्झिएँ । यी पनि कसैका पे्रमिका होलान् आचकाल स्कूल छाड्ने बित्तिकै लभको लाइन समात्ने परम्परा सुरु भइसकेको छ ।

जीवन दिनदिनै अन्धकार बन्दैछ । हर्ष न विस्मत् । गाजल लगाउँदा युवतीहरु सुन्दर देखिन्छन् । मलाई यस्तो मनपर्छ । अझ ठूला लोलाएका आँखा हुन् । तर स्त्रीको गाजलबाट जीवनको गाजलसम्म उक्लिन सजिलो छ्रैन । जीवनको गाजल लाउन जाने अझ सुन्दर लाउन नजाने झन् कुरुप । गर्लप्रेन्ड टिनेजमा यस्तै सुन्दर चीज हो । ब्वाईप्रुेन्ड पनि । कलेजमा पढ्दैगर्दा खर्च अभावमा क्याम्पसे स्त्रीहरु जसरी कुमारित्व गुमाउन सहमत बन्दैछन् त्यसरी जीवन पनि मकाउँदै कच्याक्कुचुक बन्न के बेर । थाहा पाईपाई जवानीमा बृद्ध हुन तयार भइरहेका यिनीहरुको बाध्यता कसले बुझेको छ मध्यरातसम्म आइय्या-आत्था नभनी पुरुष भोगाउने ुसाहसु बोक्ने यिनीहरुको जीवन कस्तो हुने हो कुन्नि यस्तै-यस्तै सम्झँदै म गल्ली-गल्ली मुक्तिचोक निस्कँदै थिएँ पे्रमिकालाई फोन गर्दै । मैले त्यो दिन कम्तीमा ८७ पटक उनको नाम रिडायल गरेँ । र साँझपख उनको मोबाइलमा एउटी युवती कराई झिँजो लाग्नेगरी - माफ गर्नुहोला तपाईंले सम्पर्क गर्नु खोज्न भएको मोबाइलको स्वीच अफ् गरिएको छ ।

 

Comments

gopal lohani

himal malai ta sarai man paryo yar 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |