हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

समालोचना कि आलोचना ?

समिता राणा, (भर्जिनिया)

नेपाली साहित्य जगतका वरिष्ठ साहित्यकार स्व. लक्ष्मी प्रसाद देवकोटाको शतवार्षिकीको अवसरमा विशेष कविता महोत्सवको तेश्रो श्रृँखला हालै अप्रिल २४ कादिन सम्पन्न गरियो । अमेरिकाको भर्जिनीया राज्यमा आयोजित उक्त कार्यक्रम निकै उत्साहप्रद थियो । साहित्य विश्लेषकहरुले समेत यो कार्यक्रम नेपाली साहित्य फाँटमा एउटा ईंटा थप्न सफल भएको विचार व्यक्त गरे । तीन कवि र दुई कवियत्रीहरुव्दारा वाचित कुल पन्ध्र कविताहरु फूलबारीका फूल झै भिन्न भिन्न रँग आकार र सुवास भएका थिए ।

हरेक वस्तु तथा विचारहरुको सबल र दुर्बल पक्षहरु हुन्छन् र साहित्य जगतको यो परम्परा छ कि कुनै साहित्यकारव्दारा सिर्जित रचना तथा कृतिहरु प्रकाशित भएपछि त्यसको समालोचना गरि त्यसको सबल र दुर्बल पक्ष स्पष्ट रुपमा पस्किएर सर्जकमा उत्साह बढाउनुका साथै भूल तथा कमजोरी सुधार्ने मौका प्रदान गर्ने गरिन्छ । यस्तै परम्परलाई अनुसरण गर्दै उक्त कविता महोत्सवमा वाचित पन्ध्र कविताहरुको समालोचना गरिएको थियो र यसको जिम्मा लिनुभएको थियो साहित्यकार  हरिराज भट्टराईले ।

वहाँको समालोचना निकै गहकिला र सान्दर्भिक थियो । कविताहरुको गरिएको समालोचना निकै रस लाग्ने भएपनि कविमाथि लगाईएको आलोचना र लान्छना अलि नसुहाउने खालको थियो । यो लेख वहाँप्रति पुर्वाग्रहि भएर लेखेको होईन । केवल त्रुटि औंल्याउन खोजेको हो । आशा छ वहाँले यसलाई सकारात्मक रुपले लिनुहुनेछ ।

कुनैपनि कामकर्तव्यहरू नीति नियमले बाँधिएका हुन्छन् । निश्चित रुपमा कुनैपनि रचनालाई सन्तुलित समालोचनाले सबल तथा दुर्बल पक्षहरुको चिरफार गरि त्यसलाई पूर्णता दिन्छ र सर्जकले त्रुटि सुधार्ने मौका पाउँछ र उक्त रचना अझ उत्कृष्ट बन्न सक्छ । शाब्दिक अर्थ लगाउँदा समालोचना र आलोचना दुई फरक अर्थ लाग्ने शब्द हुन् । समालोचनामा सबल र दुर्बल दुबै पक्षलाई औंल्याईन्छ भने आलोचनामा केवल दुर्बल पक्षलाई औंल्याईन्छ । समालोचनाको नियम अनुसार समालेचकले कुनैपनि रचना तथा कृतिमाथि चाहेजति समालोचना पस्कन सक्छन् तर उसलाई सर्जकको आलोचना गर्ने अधिकार हुँदैन । उक्त कविता महोत्सवमा एउटा यस्तै त्रुटि भयो र दुखको कुरा यति ठुलो भूलमा कसैलेपनि प्रतिक्रिया दिएनन् ।

समालोचकले 'नर्तकीले नृत्य अभ्यास'को उदाहरण पेश गर्दै त्यत्तिका दर्शक तथा श्रोतामाझ स्टेजको माईकबाट ठुलो ठुलो आवाजमा दोहोर्याई तेहर्याई नेपाली साहित्य फाँटका कविलाई औंल्याउँदै 'यो अभ्यास गर्ने ठाउँ होईन' भन्दै उक्त श्रष्टालाई अयोग्य ठहर्याउँदै उनको सम्मानको खिल्लि उडाएको कुरो साहित्यप्रेमीहरु कसैले पचाउन सक्ने कुरा होईन । र यो कर्म समालोचनाको नियम विपरित छ । समालोचकज्यूमा यस घटनाप्रति गौर गर्न आग्रह सहित पुनः यस्ता लज्जास्पद घटना नदोहोरियोस् भन्ने कामना गर्दछु ।






 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |