हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आघात माया

गीता थापा(दोषी), (ईजरायल)

आघात माया गरेको बदला मैले आँसु पिएर
बाँच्नु पर्छ भने,भो मलाई त्यस्तो माया चाहिदैन!

मेरा आँखाले तिम्रो सपना बुनेको बेला तिम्रा
आँखाले अरुकै सपना बुन्छन भने,भो
मलाई त्यस्तो सपना चाहिदैन!

मलाई त मेरै सुन्य बिपनानै प्यारो लाग्छ
मलाई त मेरै एकान्तनै प्यारो लाग्छ

चोखो माया गर्दा जिवन श्राप बन्छ
भने, भो मलाई त्यस्तो जिवन चाहिदैन!
केही छिन्को हाँसोले जुनीभरी रुवाउँछ
भने, भो मलाई त्यस्तो रुवाई चाहिदैन!

मलाई मेरै भावनासँग खेल्नु छैन,तिमीबाट
टाढा हुनु पर्छ भने
भो मलाई एक्कैछिनलाई हाँस्नु छैन,जूनिभर
तिमी सम्झी रुनुपर्छ भने!

जिन्दगी नाटक होईन जुन रङगमन्चमा प्रस्तुत गरिन्छ
माया त्यति सस्तो छैन जहाँ उज्यालोमा छोपी अन्धकारमा नङ्गाईछ
माया त पूजा हो मनको मन्दिरमा राखेर पुज्ने गरिन्छ
माया त समर्पण हो जुन अनन्तकालसम्म जिवित रहन्छ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |