मेरो वाध्यता
सन्तोष थपलिया, (न्युयोर्क)
मेरो वाध्यता
कैले आगो बनेर सल्किन्छ
कैले आधा गाग्री पानी बनेर छछल्किन्छ
हिउदमा हिउँ बन्दैन
वसन्तमा फूल फुल्दैन
मेरो वाध्यता
बोल्नै पर्ने ठाउमा बोल्दैन
खोल्नै पर्ने मुखहरु खोA 4्दैन
अहंकारमा लत्पतिएर
मेरो वाध्यता
कुर्सीमै टाँसिएको छ
हजार चोटी पछारिएको छ !!!!
हिजो भाषामा बोल्न सकेन, मेरो वाध्यता
आज कपिलवस्तुमा उभिन सकेन
भोलि तराइ हुँदै हिंड्दा
पहाड बोल्न नसक्ला
पहाड हुँदै हिंड्दा
तराइ बोल्न नसक्ला
कोशीको फुटेको बाँध भएर
गरिब बगाउछ मेरो वाध्यता
तर
भोका पेटहरुले बुनेको
फूलका सुगन्धित मालाहरु
हांसी हांसी ग्रहण गर्छ मेरो वाध्यता !!!!
बाजुरा जति मरे पनि
मलामी जान्न मेरो वाध्यता
टुलुटुलु तराजु हेर्छ
एकातिर भोक, अर्कातिर रोग
दुइ थोपा चुहाएर आँखा चिम्लनु भन्दा बढA 5
केहि गर्न सक्दैन मेरो वाध्यता
न आफै हिंड्न सक्छ, न आफै बोल्न सक्छ
मेरो वाध्यता
एउटा निर्जीव कुर्सीको
जीउदो शालिक जस्तै भयो !!!!
वादविवादको मैदानमा छु
तर बोल्न सक्दैन मेरो वाध्यता
हाजिरी जवाफ सोद्धैछन् जनताहरु
तर उत्तर दिदैन मेरो वाध्यता
मुख मे ो, सियो-धागो अर्कैको
मुटु मेरो, धड्कन अर्कैको
मेरो रहर नरिवल बन्यो
म चाहिं बाँदर बाचें
कठै,
न पशुपति मेरो भयो
न म पशुपतिको भएँ
व्यर्थैमा गीता मात्र छोएर
न घरको भएँ, न घाटको भएँ
सगरमाथा उभिन सकेन मेरो वाध्यता
कर्णाली बग्न सकेन मेरो वाध्यता
बाँच्ने रहर हुँद ा हुँदै पनि
म अवशान जस्तै भएँ
तर अझै म संगै बाँचेकै छ
मेरो वाध्यता
sthapalia@aol.com