हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मनभित्रका भाव

गीता खत्री, (न्यृ्योर्क)



आजभोलि लौन सखी के भएको यस्तो
फूलले पनि मलाई हेर्दै लजाएको जस्तो
बसन्तको बहारले मलाई चुमे चुमे जस्तो
जवानीको अँग अँग छचल्कीएको जस्तो
  
कता कता चोली पनि साँगुरीए जस्तो
सपनीमै कोहीसँग बात मारे जस्तो
कता कता मनै पनि उडे उडे जस्तो
आफ्नै मन वशमा नभई अरुकै भएजस्तो
 
परेलीको भाषा पनि बुझे बुझे जस्तो
लजाउने बानी पनि बढे बढे जस्तो
तिम्रै काखको सिरानीमा डुबिरहेजस्तो
आजभोलि लौन सखी के भएको यस्तो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |