हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नबस नेपाल भूलेर

गीता थापा(दोष), ( ईजरायल)

 
दशैको टिका थापन यसपाली घर फर्की आउँ चेली  
आघौं र पराघौं भन्दामा भन्दै नगर तिमी धेर झेली
 
दिनू र खानु त केछर चेली आशिष थापन आऊँ 
आघौं र पराघौं नभन चेली यही सालमा फर्की आऊँ
 
धनको लागी पराईको देशमा नसुकाउँ चेली पसिना
निर्धोको भागमा सधैं'नै चेली पर्दछ दु:खको असिना
 
गाउँघरका तिम्रा सङ्गीले पनि  सोध्धैं थिए तिमीलाई
कान्छो भाईले पनि भन्दैथ्यो आमा डाँकन दिदीलाई
 
आफन्तदेखी दूरको देशमा लौ धेरै नबस चेली तिमी
न'तिम्रो भोक'न तिम्रो तिर्खा बुझ्दछौ त्यहाँ हामी

रुखो र सुखो जे जूट्छ चेली खाऔला सबै मिलेर
चाहिदैन धनको लौ भारी चेली नबस नेपाल भूलेर
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |