हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

यात्रा

विद्या सापकोटा 'निर्जला', (कल्याणपुर ७ नुवाकोट, हालः शंकरदेव कलेज, काठमाडौं)

एउटै गोरेटोका दुइ यात्री हामी
पाइला बढ्दैछ चुपचाप-चुपचाप ....

उ मलाइ बोलाउन खोज्छ म बोल्न सक्दिन
जव म बोल्न खोज्छु ऊ…………………
हामी आ-आफ्नै रफ्तारमा ....

अन्जान थिएनौ हामी चिनेका नै कसरी भन्नु ?
तर सँगै जलिरहेका भित्र भित्रै
आ-आफ्नै विगतमा ॥

कुनै समय यस्ता थिए
हाम्रा प्रत्येक ढुकढुकी एकै पटक चल्थे
प्रत्येक पल एक अर्काको लागि बन्थे
अहिले
सँगै छौं बाटो एउटै

तर उ कहाँ…………म कहाँ
फगत एउटा अन्जान यात्री ॥
उता ति सजल नयन, ग्लानीले डढिरहेका
यता निश्छल आँखा, प्रेम छचल्किरहेका
बेखबर दुवै……थाहा छैन दोष कसको ?

कस्तो समस्या……………बाटो एउटै !
कस्तो अचम्म……………गन्तव्य एउटै !
कस्तो विवशता …………पिडा एउटै !




 

Comments

Bijay Pun

Gita jee, tyo kabita le sanchai tapaiko lekhan ko anibhavata athawa bhanu tapai le bhawana lai ek damai sahi sabda ra sequence ma rakhera jibanta banaunu bhayeko chha. Like it! Wish you all da best!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |