हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सडक बालक

लालीगुराँश, (काठमाण्डौँ)

हेर गरिब बालक
सुतेको छ सडकमा
नाङ्गो र भोको बिचरा
लाचार छ गरिबीमा । १

न त लुगा आङ्गभरी
न त चारो पेटभरी
जिउँदो लास झैं गरी
बाँचेको छ मरी मरी । २

बाबा आमा कोही छैनन्
जाने ठाउँ काहीँ छैन
ऊ पनि त मान्छे नै हो
आत्मा त मरेको छैन । ३

फोहर भित्र पसेर
खाने कुरा खोज्दछ ऊ
फ्याकिएको खाना भेट्दा
खुशीले दङ्ग पदर्छ ऊ । ४

उषा सँगै बिउँझन्छ
सन्ध्या सँगै निदाउँछ
गल्लीका कुकुरलाई
आफ्ना साथी बनाउँछ । ५

बातमार्ने साथी छैनन्
बिर्सिएछ बोल्न पनि
नौलो मान्छे देख्दा खेरी
भगाउँछ भुकभुक गरी । ६

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |