हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कस्लाई हेरी लजाएको ?

नारायण अधिकारी, (ऊडब्रिज, भर्जिनिया)

नौलो देश नौलो भेष फरक रहेछन् मनहरु ।
चन्दन हुने, फूल फुल्ने थोरै हुन्छन् बनहरु ।।
पलासको फूलमा किन पाइदैन गन्ध ?
कस्लाई हेरी लजाएको हाँसी मन्द मन्द ?

खोला नाला तिम्लाई हेरी सुसाउछन् किन ? 
चन्द्रमा नि तिम्लाई देखी लजाउछ किन ?
तिमी आउँदा मनभित्र युद्द जस्तो द्वन्द्व ।
कस्लाई हेरी लजाएको हाँसी मन्द मन्द ?

कोपिला नि तिमी देखी टक्क अडिन्छ ।
छ्ड्के नजर शुल तिम्रो मुटु गडिन्छ ।।
प्रतिबिम्ब आफ्नैअघि देख्छु खण्ड खण्ड ।  
कस्लाई हेरी लजाएको हाँसी मन्द मन्द ?

रातमा तिमी जुन बन दिनमा बन घाम ।
पुजुन् तिम्लाई प्रकृतिले साँझ बिहान ।। 
खोजे जस्तै कस्तुरीले आफ्नै सुगन्ध ।
कस्लाई हेरी लजाएको हाँसी मन्द मन्द ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |