हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भोक र मृत्‍यु

हरिहर दाहाल, (क्यलिफोर्निया)


मैले उनिहरुलाई भात मागें-
उनिहरुले मलाई भात र बन्दुक दिए
मैले पेट्भरी भात खाए र बन्दुक पड्काएँ |

थुप्रै छातीहरु च्यातेँ
अनगिन्ती टाउकाहरु पड्काएँ
रगतका फाल्सा र लासका डुंङुरहरुसँग
मनभरी रोएर पेट्भरी खाएँ |
मैले माटो खाँएँ,रगत पिएँ र ढुङ्गा सुतेँ |
घाइतेहरुको आर्तनाद् सँग
मानवता बाचिन, क्रुरता ओकलेँ
तिनिहरुलाई निचोरी - निचोरी मारेँ|
र मैले उनिहरुको नुनको गुन फर्काएँ|

ठीक तेसबेला उनिहरु
इन्क्लाब-जिन्दाबादका आवाजहरुले
मृत बस्तिहरुमा बिजय उत्सब मनाउदै थिए|

र मैले यसरी भोक सँग मृत्‍यु साटें,
मनभरी रोंएर पेट्भरी खाएँ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |