हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मौन प्रतिध्वनी

डा. मधु माधुर्य, (रूस)

 

 डाँडा-पाखा र पर्वतको श्रृङखलाहरुमा
 आकाससम्मै चुलिएको हिमाल हुँ म
 पहिरो देखाउंदै
 भूकम्प
 मलाई जिस्क्याई रहन्छ
 तर्साई रहन्छ
 समथर आँग तन्काएर फैलिएको तराइ हुँ म
 घामले पोलिरहन्छ , पानीले डुबाइ रहन्छ
 
 पिउनु परेपनि अभिशप्त आँसु
 पर्यटकको आँखामा स्वर्ग रंगिएकै छु
 
 नयाँ नेपालको घुम्टो ओढाई
 भाषा-भाषीमा
 जात-जातमा
 राज्य-राज्यमा
 चोक्ट्याउदै छन् मलाइ
 
 यो चक्रब्युहबाट उन्मुक्ति दिन
 गुहार सुनेर मलाई बचाउन
 को सन्तान आयो आज ?
 फगत दागबत्ती दिंदै
 दक्षिण बगाउन आतुर लाम मात्र देखिरहेछु
 के इतिहासका दृष्टिभ्रम हुन् यी सारा
 के यसैमा गर्ब गरूँ सन्तान छन् भनेर मेरा ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |