हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

व्यँग्य कविता: फुली

गीता खत्री, (न्यू योर्क)

  
 
 अहो नाइटोमा फुली लगाई
 नर्तकी आईन मन्चमा सुवास फिँजाई
 उन्मत्त गीतमा
 नाचिन खुबै जोडले हल्ला फिँजाई ।
 
 यता बुर्लुक उता बुर्लुक
 नाइटो कै खेला छ त्यहाँ
 कलि युगको खेला अहो १ थरीथरी
 देखिन्छन् अनेकन रँगलिला थरीथरी ।
 
 नर्तकीको फुली नाइटोमा टल्कदाँ
 तन्नेरी भन्दा बृद्धाहरुको भेला बढी
 जवानीको रापले छोए छोए भान बढी
 दाँतै नभएका पनि जिभ्रो रसाउँदै बढी बढी ।
 
 आपुनो नातिनीको मिठो चुम्बन बिर्सिएर
 ज्वरोबाट भरखरै उठेकी श्रीमतीको हात छाडी
 कम्बरमा नमिलेको प्याण्ट तान्दै तान्दै
 नाइटोको फुलीको चुम्बनको आशामा
 हतारिदै छन् बृद्धाहरु अगाडि मन्च तिर ।
 
 अहो कस्तो जमाना आयो यहाँ
 नाइटोले पनि आज फुली लायो
 समयको कदर गर्दै
 त्यही नृत्य सबैको मन जित्ने भयो
 अबिरल तालीको बर्षा भयो यहाँ ।

Comments

praladh pokhrel

kabita ramro cha...aru yesti bangya kabita ko aasha ma....chau.

bishna khatri

Gita ji ahile ko paribas ma hajur ko yo beyangyatmak kabita le ahile ko khi had samma bujne pryas garchan ki....!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |