हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मियामी र रात

बिनोद खड्का, (मियामी, फलोरिडा)

 


पिउनुको मज्जा अर्कै
जहाँ नसा बढनु पर्छ
नसासंगै नयनभरी
लाली रंग चढ्नु पर्छ ।
हाँस्नु पर्छ, गाउनुपर्छ
भुल्नुपर्छ सबैथरी
रात यो रात बनाई
उडाईदिनुछ यसैगरी ।

नेपथ्यका सन्नाटाहरुलाई
सङ्गीतमा मिसाईदिदै
सङ्गीतको कोलाहालभित्र
सिङ्गो रातलाई नै चपाईदिदै
यतावाट उता, उतावाट यता
फकाउँदैछन मान्छेहरु
जवान रातलाई वा रातको चढ्दो जवानीलाई
कही गीत र सङ्गीतमा
कही खेल र जुवाहरुमा
कही सौन्दर्यका खानीहरुमा
समुन्द्री
किनारदेखि क्याभ्रेहरुसम्म
घरहरुदेखि सडकह
रुसम्म
केवल मज्जा र मस्तीहरुमा
लाग्छ मियामीलाई जवानी चढ्दैछ
या जवानी मियामीलाई बढ्दैछ ।

१ डिसेम्बर २००९, मियामी, फलोरिडा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |