हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

बिनोद खड्का, (दोहा, कतार)


 

हाँस भन्छयौ हाँसु कसरी दील मानेकै छैन
हाँस भन्नेले हँसाउन कहिल्यै जानेकै छैन ।

भन्छ्यौ रे तिम्ले दील त मलाई नै दिईसक्यौ
तर खोई मैले कहिल्यै आफ्नी ठानेकै छैन ।


माया गर्न त मायालु ह्दय चाहिन्छ भन्छन
लाग्छ मेरा ह्दयलॆ तिमीलाई छानेकै छैन ।

दोधारमै छुँ म यात्राहरु यी अझै लामा छन 
लाग्छ प्रेमको जिम्मेवारी मैलै धानेकै छैन ।

साँचो माया त्यति सजिलै बस्दैन होला सून्दरी
सपनीको हाट मेलामा खोई मैले तानेकै छैन ।



१ सेप्टेम्बर २००९, मंगलवार, दोहा कतार
Khadkabinod02@yahoo.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |