चीसा घाम......न्यानो विश्वास......
विद्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाडौं)
आछ्यु-आछ्यु
लुगलुगाउदैं धरोहरहरु
प्रतिक्षामा पिर्लिक्क नानि
सिडिंमा झुल्किदै चीसा घाम ।।
मुसा दौडले विक्षिप्त
त्यो भोको कर्णाली
प्राण पखेरु फत्त्रयाकफत्त्रयाक
छड्कदै विरबल खिचडी ।।
अझै.........
कल्पना गर्छु
अग्लिएको सगरमाथा
झट्ट तिर्मिराउछँ आखा
धर्म निरपेक्ष देश
लगाइदै जातका साँधहरु ।।
हुरहुरिदा विखण्डनकारी हावा
कटक्क दुख्छ देश
कुवेलामा बतासै हो कि
हतासिदैं सगाल्छु तामाका सिक्काहरु।।
सगरमाथा मुसुक्क पोख्छ,
न्यानो विश्वास.........
पट्टि लगाउदैमा
चर्म चक्षु कहाँ निम्छ र
हार्नेछ अहम्, जिउनेछ प्रेम
ढलाउदैं भीमकाय ग्रेटवालहरु ।।
भो डराउदिन...जीवितै छ भरोसा...
झुक्दैन स्वाभिमान
फाट्ने नै छ बादल
चिहाउदा सौहार्दताका किरणहरु ।।