हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

देश नै नरहे

बिटु केसी बराल, (ह्युस्टन, टेक्सस)

   
 देश नै नरहे के होला नेताहरुको गति,
 आफुले खनेको खाल्डोमा आफै पुरिने मति,
 आफैमात्र पुरिए त हुन्थ्यो नि !
 घचेडिने भए सारा जनता जति !!
 हे ! जनता चुपचाप हेरिरहन्छौ कति ?
 बेला यै हो, देखाउ अब तिम्रो शक्ति !!

 जलिरहेको छ देश, दन्दन बलिरहेको छ !
 बन्दै, बन्दमा अचम्म ! लाग्छ,
 कसरी देश चलिरहेको छ ?
 हे ! जनता चुपचाप हेरिरहन्छौ कति ?
 बेला यै हो, देखाउ अब तिम्रो शक्ति !!
 
 तिमी नै भन -
 कुन चाहिं दलले चितायो देशको भलो ?
 हाम्रो प्यारो देश नेपाल
 कति फुल्यो,  कति फल्यो ?
 हे ! जनता चुपचाप हेरिरहन्छौ कति ?
 बेला यै हो, देखाउ अब तिम्रो शक्ति !!
 
 ईतिहास साक्षी छ -
 जब जब संकट पर्छ देशमा,
 आखिरमा काँध थाप्ने
 राजा होइन, तिमी जनता नै हो
 हे ! जनता चुपचाप हेरिरहन्छौ कति
 बेला यै हो, देखाउ अब तिम्रो शक्ति !!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |