हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दुई छेस्काहरु

सुषमा मानन्धर, (ललितपुर)

    
 
 मानवता
 
 निष्प्राण ढुँगाभित्र
 देवता हुन सक्छन् भने
 जिउँदो
 हाडछालाको शरीरमा
 मासुको नरम मुटुभित्र
 भगवान किन हुँदैन
 सम्वेदना रहित
 निर्जिवलाई पुज्दै
 ढुकढुकीभित्रको
 आत्मालाई कुल्चिनु
 घोर विडम्वना नै हो ।
 
 
 स्वाभिमान
 
 माग्दै नमागेको
 एक टुक्रा करुणा फालेर
 ठूलो अनुकम्पा गरें
 भन्ठानेका होलाऊ ।
 भ्रममा नपर ।
 अझै आफ्नो
 बलबुता र विश्वासमा
 खिया लागिसकेको छैन ।
 सोचमा माकुराले
 जालो हालिसकेको पनि छैन ।
 हिँड्न
 सयौंको साथ नभएर के भो
 साथमा आफ्नो
 एक्लो
 भरोसा काफी छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |