हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शुभकामना

गीता त्रिपाठी, (काठमाण्डौ)



दुःखलाई तिम्रो घरको बाटो बिरानी होस्
तिमीलाई सधैँभरि फूलको सिरानी होस्
 
तिमीलाई जिन्दगीका मिलून् सारा खुसी
धूलो परे लगिजाओस् बतासले पुछी
चारैतिर सुगन्ध झैँ छाओस् तिम्रो नाम
तिम्रो पथ सबैलाई बनोस् पुण्य धाम
 
इन्द्रेणीका सातै रङ्ले बेरोस् तिमीलाई
वसन्तको बहारले घेरोस् तिमीलाई
तिम्रो निम्ति संसारमा नहून् वैरी कोही
भूल नहोस् चोखो मनले तिमीलाई छोई ।

दुःखलाई तिम्रो घरको बाटो बिरानी होस्
तिमीलाई सधैँभरि फूलको सिरानी होस्

Comments

Shiva Prakash

गीताजी
सुन्दर !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |