हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

यो मुटु

भिरा खड्का, (कोलोराडो, संयुक्त अधिराज्य)

धेरै सह्यो अब सहन सक्तैन यो मुटु
 पाउँछौ के नै तिमीले जलाएर यो मुटु
 
 तिम्रो साथमा दुनियाको चाह गरिन
 तिम्रो बिछोडमा दुनियाले चाह गरेन
 न चर्काउ धेरै कमजोर छ यो मुटु
 पाउँछौ के नै तिमीले जलाएर यो मुटु
 
 पागल भएँ म तिमीले लत्याउंदा
 केहि दिन भुलेछु तिमीले भुलाउंदा
 अरु रुवायौ भने फुट्नेछ यो मुटु
 पाउँछौ के नै तिमीले जलाएर यो मुटु

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |