हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सहमती

सुषमा मानन्धर, (ललितपुर)



लघुकथा
  
वैठकमा विभिन्न विधाका प्रतिनिधिहरु विधान लेख्ने मूल विषयमा छलफल गर्न नै उपस्थित भएका थिए तर वैठक प्रारम्भ हुनुभन्दा अगाडि नै अर्को विषयले शिर उठायो । विधान लेख्ने कुरामा वहस हुनु त कता हो कता लेख्नको लागि वितरित कापी सवैले नपाएका र पाउनेहरु समेतमा पनि वितरित कापीको स्तरमा विभेद गरिएको भन्दै वैठकस्थलभित्रै चर्को विवाद उठ्यो । फलतः विषय प्रवेश विना नै वैठक सर्यो ।
 
दोस्रो वैठकमा आउँदा सवैले विधान लेख्न छिटै सर्वसम्मतीमा आउनु पर्ने कुरामा जोड दिए । वैठकका केही असन्तुष्ट सहभागीहरुले विषयलाई फेरि अन्तै मोड्न खोजे । महँगो धानका चामलको भात खाई टन्न अघाउनेहरुले दुई छाकै खान नपुग्नेहरुको भोकलाई पहिलो सम्बोधन गर्नुपर्छ भन्दै उनीहरुले यो धान मुद्दा तेर्स्याए । त्यति मात्र नभै उनीहरुले आफ्नो कुरा लागु नभएसम्म विधान लेख्न नदिने मात्र हैन अन्य सहभागीहरुलाई भित्र प्रवेश नै गर्न नदिने पनि बताए ।

यस्तो तालले विधान लेख्न नसकिने पक्कापक्की जस्तै देखियो । समय वित्नु अगाडि नै सामूहिक सहमतीवाट एउटा टुँगोमा पुग्नुपर्ने चौतर्फि दवाब बढ्न थालेपछि पुनः वैठक बस्ने भयो । विधान लेख्ने कार्यमा आम सहमती हुन नसकेर पटक पटक विषयवस्तु मूल विषय भन्दा बाहिर गै लेख्न नसकिरहेको परिप्रेक्षमा यो वैठकमा सवैले असहमती विच पनि एउटा सहमती गरे…न लेख्ने ।

Comments

Juvan

Ramailo katha. Ha ha ha.....

Hari Manandhar

It\'s the great short story that represent the 601 of nepalese assembly of parliament. You did a great job to presenting the reality. So Thank you very much.

samba dhakal

susmaji katha padhda naramro lagena!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |