हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

खहरे, (गुल्मी, हाल: काठमाडौं)

मुटु भरी भए पनि पिरै पिरको भारी।
बाँच्नै पर्छ जिन्दगी यो ठाडो शिर पारी।

तिखा-तिखा काँडा पनि सम्झी भुवा जस्तै, 
टेक्नुपर्छ आँखा चिम्ली हिंड्नुपर्छ हाँस्दै, 
कालो बादल बिच पनि जुन बाँचे सरी,
बाँच्नै पर्छ जिन्दगी यो ठाडो शिर पारी।

लडाईं हो जिन्दगी यो हुन्छ हार जित,
सुखमानी रुनुपर्छ हुँदै भयभित,
सम्झ्यो भने बगरै हो चिसो सल्लाघारी,
बाँच्नै पर्छ जिन्दगी यो ठाडो शिर पारी।

01/05/2010

Comments

jasmine

very nice words.......soulful.....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |