हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

खुस्किन सक्छ !!

पदम भट्टराई, (काठमाडौं, नेपाल)


मान्छेहरुको रगत,
राष्ट्रिय सम्पत्ति र सँरचना ध्व्स्त पार्दा पार्दै,
कुनै बेला कतै बाट उछिट्टिएछ गणतन्त्र,
गण-गण भित्र फसेको छ गणतन्त्र,
गरिवी माथि कुल्चेर,
बेदनाहरु थोपदै,
आशाहरु निमोठ्दै,
तन्कीइ रहेछ रबर जस्तै
कुनै बेला कतै आँफै चुडिन सक्छ।

सधैं सत्तालाई मात्र प्रहार गर्दा,
कुनै बेला कतै आँफै पड्कन सक्छ
के भरोशा छ र?
कुनै बेला कतै आफै खाडलमा पर्न सक्छ।

शहीदहरुको नाम बेचेर हिड्दै जाँदा,
कुनै बेला कतै आँफै बेचिन सक्छ।
बल र बन्दुकमा मात्रै चढेर हिड्दा,
कुनै बेला कतै आफै गुल्टिन सक्छ।
आफन्त र नातागोताको मात्रै हेरचाह गर्दा,
कुनै बेला कतै आफै एक्लिन सक्छ।
लालसा र मोहमा रन्थनिएर,
अनि पद र पैशामा गुम्सिदै जाँदा,
कुनै बेला कतै आफै खुस्किन सक्छ।
हो, साच्चै खुस्किन सक्छ।


01/19/2010

Comments

Ranis

we do like to see Kabiko photo.relly nice poam

Nila

साचै मन्छुने कबिता छ ,देशको समस्या बुजेर लेखियको छ ।

Ram sharan Pandey

Ramro,samea sapachik kabita ho yo.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |