हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिमीलाई भुल्न खोज्दा

बिनोद खड्का, (दोहा, कतार)

 
 

 अँध्यारोलाई साक्षी राखी
 तिमीलाई भुल्न खोज्दा
 छायाँ आई झस्काईदिन्छ
 तिमीलाई बिर्सिदिँदा  ।
 
 लोलाएका आँखाहरु
 अनायासै बौरिदिन्छन
 निन्द्रासंगै हराई जाने
 रहरहरु भागीदिन्छन ।
 
 के भयो यो जीन्दगीमा
 बुझनै सकिएन
 उनकै यादमा रात बित्यो
 भुल्नै सकिएन ।
 
 गीत लेखि पठाईदिउँला
 तिमी गाईदिनु
 गीतभित्र मलाई भेटे
 सपनीमा आईदिनु ।
 
 परदेशीको माया साँची
 पर्खि बस्दै गर तिमी
 बैसले पालुवा फेर्ला
 भेटौला फेरी हामी ।
 
 अँध्यारोलाई साक्षी राखी
 तिमीलाई भुल्न खोज्दा
 छायाँ आई झस्काईदिन्छ
 तिमीलाई बिर्सिदिँदा  ।


01/26/2010

Comments

jasmine

dherai ramro sabda haru.........soulful....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |