हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कसरी खायो आगोले हेर कमलको शरीर

आचार्य प्रभा, (कोलोराडो)


(शोक बिव्हल कबिता) 
 
 किन खायो आगोको लप्काले
 त्यो नीरिह सुन्दर,स्वच्छ परीलाई ?
 किन डाहा गर्‍यो अदृश्य शक्तिले
 मनमा नै उडिरहने त्यो निश्छल चरीलाई ?

 छातीभरी हरियाली चिया सजाइ
 माइबेनीलाई शीरमा सलल बगाइ
 पूर्वमा हरियाली बोकेर उभियौ
 "पहाडकी रानी"को उपमा सजायौ
 कुन दैव लाग्यो हरे तिमीलाई ?

 क्षणभर मै बनायो अस्तित्वहिन तिमीलाई
 सबैकी सपनाकी रानी थियौ तिमी
 तर आज बन्यौ खरानी तिमी ।
 उफ! सक्दिन सहन म तिम्रो ब्यथा
 कसरी लेखुँ अब म तिम्रो बिह्वल कथा ?

 शीरमा चाँप,गुराँस सजाइ
 पर्यटकलाई मुग्ध बनाउथ्यौ
 मधेशका तृषित काकाकुललाई
 झरनाको चिसो पानी पिलाउँथ्यौ
 कसरी रापमा छट्पटियौ हौली
 "ईलाम"को अस्तित्व अब कहाँ भेटौली ?

 रोइ रोइ छाती पिटिरहेछन हेर
 तिम्रै काखका सारा सन्तती
 तर नगर चिन्ता आशुमा डुबी
 फेर्नेछन सन्तानले तिम्रो नयाँ जूनी
 किन क्रुर बन्यो त्यो निर्दयी अग्नी ?
 सोध्न मन लाग्यो तिम्रो दोष
 के छ भनि ?
 बिवश बन्यौ की बाध्यतामा फस्यौ
 त्यो सुन्दर रूपमा किन खरानी घस्यौ ?

 भो अब बिव्हल नबन तिमी
 तिमीलाई सिंगार्छौ अब फेरि हामी
 रूप त जलेर केही हुन्न खासै
 मन जलाइ नमार आशै
 बौरिनु पर्छ फेरी तिमीले
 लिनु पर्छ पुनर्जन्म अनी तिमीले
 बिर्सिनु आगोको त्यो क्रुर लप्कालाई
 अब फेरि सम्हाल्नु पर्छ तिमीले
 लाजको सप्कालाई ।
 नसम्झ खाग भै बिलाए भनि
 नडराउ शत्रुले जलाए भनि ।

 (आगोको लप्कामा फसेकी "पहाडकी रानी" ईलामको सम्झनमा शोक बिव्हल कबिता रचना २ /१६ /१० )

Comments

शर्मिला खड्का (दाहाल)

सारै सुन्दर, यति चाडै यति राम्रो कविता लेख्न सक्नु, कविको प्रतिभाको कदर गर्नु पर्छ ।<br />

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |