हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दिक्क भएँ

विजय पुन, ()

हेरें छक्क परें
तोपका निशानिहरु हातमा लिई,
बाँचिरहेका,
गोलि खाएर मर्नेहरु
सहिद भए,
तर अझै पनि यिनीहरु
कसैले नचाहने
सडकका किरा नै रहिरहे,


हेरें अचम्मित भएँ,
लांक्षणाका  हेम्लक* पिई,
निर्लज्जसंग बाँचिरहेका,
बलिका बाख्राहरु काटिएर
स्वाहा भए,
तर अझै पनि ति बेसर्मीहरु
जहाँको त्यहीं
धन्दा पुरानो चलाई नै रहे,


हेरें अनौठो लाग्यो,
अमिबा*का स्वरूप लिई
छ्यापछ्याप्ती बगी रहेका,
स्थाई आदर्शहरु छापिएर
कतै बन्दि भए,
तर अझै पनि ति रोगहरु
उसै गरि
नयाँ पिढीमा सर्दै गए,


हेरें दिक्क लाग्यो,
अघोषित युद्द जस्तै
पात्रहरु सक्रिय भैरहेका,
शालोम* गति विहिन भएर
ट्राफिक जाममा अड्के,
तर अझै पनि ति vampireहरु
जस्ताको त्यस्तै
पसिना चुस्दै नै रहे,


हेरें वाक्क लाग्यो,
वर्तमान खेत जस्तै
भूतका जमिन्दारहरु मोटाइरहेका,
मोहीहरू नयाँ देशको आस लिएर
भरेका सपनीमा भुले,
यस्तै छन् निस्पक्ष कलमहरु
हेर्दा हेर्दै
जादु जस्तै Chameleon* पो भए,

सोचें यस्तो लाग्यो,
जुर्मुराएको हिटलर जस्तै,
कालखण्ड बदलिएको बेला,
मुर्ख कलमहरु व्यर्थमा तडपिएर  
सफल क्रान्तिमा नै अल्झे,
कस्ता छन् ति जितहरु
सुन्दा सुन्दै
जलेकयहुदिहरु आँखैमा बसे,


दिक्क भएँ,
वाक्क भएँ,
मस्त भुँडी कन्याऊँदै डकारेर
बेश्याको छाती माडिरहेका,
लेनिन, अब्राहम माओहरुसंग
टेबल टकको निम्तो लिएर
जान नसक्ने भएँ ll

 

*हेम्लक = विष,
*अमिबा = एक कोषीय जीव जसको निश्चित आकार हुदैन,
*शालोम = Hebrew भाषामा शान्ति,
*Chameleon = छालाको रंग फेर्न सक्ने एउटा अमेरिकन छेपारो


 

फेब्रुअरी १२, २०१०

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |