भोगाइ
विध्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाडौं)
सुनिरहेकै हो
धर्ती चम्काऊँदै रवि हाँस्यो
प्रतिछायामा हिमाल मुस्कुरायो
रमाऊँदै लता नाची
छमछमाऊँदैं बगे झरनाहरु ॥
महशुश गरिरहेकै छु
आफू वरिपरि फुल्दैछन् फूल
आफैं माथि नाच्दैछन् चरी
खनि खोस्री सपना साँच्दैछन् कोही
ओहो कहिले देख्ने यो सब
अन्तरनिहीत व्यग्रताहरु ॥
लाग्छ कहिले कहीं
सँगैको संगी धपक्क बलिछ
सौन्दर्यमा डुब्नेहरु लाखौंलाख
पालो पर्खदै यौवन कुर्दाकुर्दै
बुढ्यौलीले आक्रान्त चाहनाहरु ॥
फुत्त उघ्रिदिन्छ सपना
पाउनु र गुमाउनुको उत्कण्ठाभित्र
सुनै हुँ म
सोच्दा सोच्दै
बेसार नबन्दै कुहिएका
हदभागी हलेदाहरु ॥