हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

भावना पाठक, (भरतपुर)

आऊ म सुनाउँछु म मरेको कहानी
दिई चोट अश्रुधारा झरेको कहानी

सुनिरहँदा तिमी डराउँछौ कि कतै
घाउ माथि नून चुक छरेको कहानी

झन् बल्झेर दुख्छ चस्सक यो छाती
याद आउँदा पीडाले भरेको कहानी

धेरै भोगेको धेरै पुरानो हो यो
धेरै पहिला समाप्त गरेको कहानी

म चाहेर पनि किन भुल्न सक्दिन
म माथि बज्रपात परेको कहानी

Comments

रबिन्द्र

भावना जी तपाईका भावनाको प्रस्तुती धेरै राम्रो लाग्यो ।

गंगाराम ढकाल

भावना जीको सुन्दर गजलको सुन्दर प्रतिकृया मित्र विनोदजीको कुराले मलाई चकित तुल्यायो । उहाले भन्नु भएको रहेछ केशुजी भावनाका अरु गजल पढ्नुभो भने तपाईको होश उड्नेछ । किन र केशुजीले प्रथम पटक गजल देखेको हो र त्यसरी होश उड्नु पर्ने ? केशुजीले जीवनमा त्यस्ता शयौ गजलहरु जेर्नु भएको होला । शयौमा आफ्नो विचार पनि दिनु भएको होला । जहा सम्म मेरो जानाकारीमा भए अनुसार उहा विगत लामो समय देखि यो क्षत्रमा देखिनु हुन्छ । झण्डै डेढ दहकको समय विताई सक्नु भएको छ यो क्षत्रमा । पुर्वमा रहेर उहाले विगत लामो समय देखि नै गजलमा आन्दोलन चलाउदै आउनु भएको छ । झन उहाको गजल संवन्धी अन लाईन बहस त्यति कै हमत्वपूर्ण छ । त्यसैले तपाईले प्रयोग गर्नु भएको त्यो तपाईको होश उड्नेछ भन्ने शव्दले अलि सही भएन कि ? सायद तपाईले त्यो शव्दको ठाउँमा तपाईले झनै आनन्द लिनु हुने छ भन्ने शव्द प्रयोग गरेको भए वेश हुने थियो कि ?

विनोद अनुज

जसरी भावनाले सुन्दर गजल लेख्नेहरूको समूहमा आफ्नो पहिचान बनाईसकेकी छ, यो गजल पनि राम्रो छ। तर मलाई भने भावनाका पहिलाका गजलहरूभन्दा यो गजलको उचाई अलिक कम लाग्यो। यसको अर्थ मलाई यो गजल नराम्रो लाग्यो भन्ने चाहिँ होइन। मात्र केसु जिलाई जानकारी - भावनाका यो भन्दा पनि सुन्दर गजलहरू थुप्रै छन्। भावनाका अरू गजल पढ्नुभयो भने त अझै तपाइँको होश उड्नेछ।

केशु बिरही

सुन्दर गजलको लागि धन्यवाद ।
भावना ले ओतप्र्रो भएको गजल पस्किनु भएकोमा भानवाना वीर्ला धन्यवाद । साथै वीचारले पनि उतिकै शसक्त छ यो गज ल। यति सुन्दर गजल पस्किनु भएको जति धन्यवादको पात्र हुनुभएको यो गजल प्रकाशण गरेर खसखस डट कम पनि त्यति नै धनयवादको पात्र भएको मैले महसुस गरेको छु । यस्ता सिर्जनाले मात्र नेपनली गजललाई उचो राख्न सक्छ । गजलले परिस्कार खोजिरहेको र त्यसैको अभियान चलिरहेकोमा यस्ता गजलले यो अभियालाई सहयोग पुर्याएको महसुस गर्न सकिन्छ ।
भावना जीलाई धेरै धेरै धन्यवाद । भावना जी मैले विगत केहस् शाल देखि यी नै कुरालाई आधार माने एउटा अभियान चलाउदै आएको छु । तपाईर्ला सो अभियानमा आमन्त्रण गर्न चाहन्छु ।

केशु बिरही
नेपाल गजल प्रतिष्ठान
keshubirahi2008@yahoo.com

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |