हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

लघुकथा- नयाँ घर

केशु बिरही, ()


नयाँ घर वन्ने कुरा सुने पछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सवैजना रमाए । अचेतन मन भित्र एउटा आसा पाले । आहा ! नयाँ घर वने पछि हामीहरुले पनि एउटा एउटा कोठा पाउनेछौ । उनीहरु नयाँ घरको नयाँ कोठालाई कसरी सजाउने । टि भी कता राख्ने । पलङ कता राख्दा ठीक होला ।  झ्याल कता फर्काउदा राम्रो होला भन्ने वारेमा सोच्न थाले ।

नभन्दै घरमा सवैजनाको एउटै मत भयो । नयाँ घर वन्नेमा पक्का पक्की नै भयो । घर त वनाउने तर कति कोठाको वनाउने । कोठा कस्ता वनाउने । अझ घर कति तलाको वनाउने भन्ने वारेमा त उनीहरुको एकमत हुनै सकेन । सवैले आ–आफ्नै अडान छाडेनन ।

‘घर पुरानै भए पनि त्यति कमजोर भने छैन । अलि कोठा नमिलेको मात्र हो । अहिले हामीसंग रुपैया पैसा पनि छैन । रुपया पैसा जोरजाम गरेर मात्र घर भत्काउनु पर्छ । त्यसैले अहिले यही घरलाई रङ् रोकन लगाएर वस्नु पर्छ ।’ घरको एकजना सदस्यले यस्ता प्रस्ताव राख्यो । ‘उसको कोठा गतिलै छ । ठूलो र फराकिलो पनि उतिकै छ । दक्षिण तर्फ फर्किएको एउटा वरण्डाको कोठा पनि उसले ओगटेको छ ।  अनि उसलाई नयाँ घरको त्यति जरुरत नै किन पर्छ र भनेर अर्कोले विरोध जनायो । हुन पनि घर त अरुलाई चाहिएको थियो । अरुले कोठै पाएका थिएनन । कोही मतान, कोही गाईगोठमा त कोही वाख्राको खोरनेर चिमले वारेर साने ठनउँमन अटाएर वसेका थिए । भएका कोठाहरु पनि समान आकारका थिएनन । कुनै ठूला थिए त कुनै ज्यादै साना । मथिल्लो तलाका कोठाहरु अनुपातिक रुपमा तल्लो तलाको भन्दा कमजोर थिए । वर्षायाममा पानी चुहिएर उतिकै हैरान पाथ्र्यो । त्यसैले उसको प्रस्ताव सही नहुदा नहुदै पनि खर्चवर्चका डरले सवैले सहमती जनाउन पुगे । असहमतीका वीचमा पनि सहमती वन्यो ।

रङ्ग रोकन त लगाउने तर कुन रङ्ग लगाउने । कस्तो रङ्ग लगाउने । कसरी लगाउने । त्यस कुरामा पनि समस्या आईलाग्यो । सवैलाई एउटै रङ्ग  मन पर्ने कुरो पनि आएन । कसैलाई रातो रङ्ग मन पर्यो भने कसैलाई सेतो । केहीले त पहेलो रङ्ग लगाउनु पर्छ भन्ने प्रस्ताव पनि राखे । हरियो र निलो मन पराउने पनि लिक्लिए । कसैको एकमत हुन सकेन । विवाद चलिरह्यो ।

नयाँ घर वन्ला र आ–आफ्नो कोठामा वस्न पाईएला । आफ्नै चाहना अनुसारको सजावट गरौला भन्ने रहर पालेका केटाकेटीहरु हेरेका हेर्यै भए । उनीहरुको रहर रहरमै सिमित भैरहेको थियो ।

।। इति ।।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |